• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पानीको स्रोत घटाउने एआई:  नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ

खिमबहादुर लामिछाने बुधबार, साउन २१, २०८२  १०:४०
1140x725

कसरी एआईले पानीको स्रोत घटाउँछ?
एआई (जस्तै च्याटजीपिटी, जेमिनी, डिपसिक, लेन्सा, ग्रोक आदी) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ। त्यो बिजुली डेटा सेन्टर भन्ने ठूलो भवनहरूमा प्रयोग हुन्छ, जहाँ हजारौं कम्प्यूटरहरू लगातार चलिरहेका हुन्छन्। ती कम्प्युटरहरू तातो नहोस् भनेर कूलिङ गर्नुपर्छ। धेरै जसो कूलिङ प्रणालीमा पानी प्रयोग गरिन्छ, र एक डेटा सेन्टरले वर्षमा लाखौं लिटर पानी प्रयोग गर्न सक्छ। 

त्यसैले, एआई प्रयोग बढ्दै जाँदा पानीको खपत पनि बढ्न सक्छ। उदाहरणका लागि: जिपिटी-३ वा जिपिटी-४ जस्ता ठूलो एआई मोडेल ट्रेन गर्दा लाखौं लिटर पानी प्रयोग हुन्छ।

तर अर्को पक्ष पनि छ, एआई पानी जोगाउन पनि प्रयोग हुन सक्छ:  कृषिमा एआईले जमिनको अवस्था अनुसार सिँचाइ व्यवस्थित गरेर पानी बचाउँन सकिन्छ। शहरहरूमा लीक भएको पाइप पत्ता लगाउन एआई मद्दत गर्छ।

उद्योगमा उत्पादन प्रक्रियामा अनावश्यक पानी प्रयोग कम गर्न एआई प्रयोग गरिन्छ। एआई प्रयोग गर्दा खासगरी डेटा सेन्टरहरूमा पानीको खपत बढ्न सक्छ। तर, एआईको सही प्रयोगबाट पानी जोगाउन पनि सकिन्छ– विशेष गरी कृषि, जल व्यवस्थापन र उद्योगमा।

एआई प्रयोग गर्दा पानीको दुरुपयोग 
एआई मोडेल चलाउने कम्प्यूटरहरू धेरै तात्छन्। तिनीहरूलाई चिसो राख्नका लागि धेरै कूलिङ सिस्टमहरू चलाइन्छन्, जसमा पानी प्रयोग हुन्छ। उदाहरणको लागि गुगल, माइक्रोसफ्ट, ओपन एआईका डेटा सेन्टरहरू: जिपिटी-३ को ट्रेनिङ गर्दा लगभग ७ लाख लिटर पानी प्रयोग भएको अनुमान छ । 

एक अमेरिकी रिपोर्ट अनुसार माइक्रोसफ्टले  जिपिटी सिस्टमहरू चलाउन २०२२ मा  मात्र ६.४ बिलियन लिटर पानी प्रयोग गर्यो । एक प्रयोगकर्ताले २०–२५ प्रश्न सोध्दा, त्यसको उत्तर दिन एआई ले ५०० मि.लि. सम्म पानीको बराबर ऊर्जा प्रयोग गर्छ। यो पानी प्रत्यक्ष रूपमा तपाईंको कम्प्यूटरबाट होइन, तर बिजुली उत्पादन र कूलिङमा खर्च हुन्छ।

एआईको प्रयोगबाट पानीको संरक्षण
एध्य्पी एआई केवल पानी खर्च गर्ने मात्र होइन, सही तरिकाले एआईको प्रयोग गरेर पानीको संरक्षण गर्न अत्यन्तै प्रभावकारी हुन्छ। जस्तै एआई सेंसर्स प्रयोग गरेर जमिनको आर्द्रता नापिन्छ। 

त्यसै अनुसार मात्र पानी सिँचाइमा हालिन्छ। अनावश्यक पानी खेर जान दिँदैन। नेपालका केही तराई क्षेत्रमा अहिले ड्रिप इरीगेसन प्रणालीमा एआई आधारित सिस्टेम लागु गरिँदैछ।"प्रोस्पेरा " नामको एआई प्रणाली प्रयोग गरेर इजरायल, भारत लगायत देशमा पानी ३०–५०% बचाइएको तथ्य सार्बजनिक भएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

लीक डिटेक्सन सिस्टम 
एआईले पानीको पाइपलाइनको डाटा (प्रेसर, फ्लो) हेरेर कहिले र कहाँ लीक भएको छ भनेर तुरुन्तै थाहा पाउँछ। यसले ठूलो पानीको क्षति हुनबाट बचाउँछ। 

युकेको थेम्स वाटर कम्पनीले  एआईको प्रयोग गरेर प्रति दिन ६० मिलियन लिटर पानी बचाएको दाबी गरेको छ। नेपालमा पनि ठुला सडकहरुमा पानीको पाइप फुटेर हरेक दिन पानी खेर गइरहेको पाहिन्छ ।

जल आपूर्ति पूर्वानुमान 
एआईले मौसम, जनसंख्या, उद्योगको खपत आदि डाटा विश्लेषण गरेर भविष्यमा कति पानी चाहिन्छ भनेर अगाडि नै पूर्वानुमान गर्न सक्छ। यसले अनावश्यक पानी स्टोर, प्रशोधन र आपूर्ति खर्च घटाउँछ।

शहरी खानेपानी व्यवस्थापन 
ठूला शहरहरूमा एआईको प्रयोग गरी पानी वितरण प्रणालीलाई सहज तरिकाले अनुगमन कार्यमा प्रयोग गर्न सकीन्छ, कम खपत भएका क्षेत्र, बढी खपत भएका क्षेत्र सजिलै छुट्याउँन सकिन्छ । 

कुन क्षेत्रमा धेरै पानीको माग छ र कुन क्षेत्रमा पानी कम आपुर्ती गर्दा पनि हुन्छ भन्ने कुरा पत्ता लगाउन हाल पोखराको भिभिन्न ठाउँमा “स्मार्ट वाटर मिटरिङ्ग” को ट्रायल चलिरहेको छ। खानेपानी संस्थान पोखराद्वारा खानेपानी वितरित शहरी क्षेत्रका ५ सय ओटा धारामा स्मार्ट मिटर जडान गरिएको छ । 

खानेपानी संस्थानको शहरी क्षेत्रमा खानेपानी वितरण क्षमता अभिवृद्धि आयोजना अन्तर्गत सुप्रिम एशोसियट्स ट्रेडर्सले जापानी सहयोग नियोग जाईका (JICA) को अनुदान सहयोग र जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेड सँगको सहकार्यमा स्मार्ट वाटर मिटर परिक्षण गरिएको हो। हाम्रो घरमा पनि निशुल्क रुपमा यस्तै स्मार्ट वाटर मिटरको जडान गरिएको छ, त्यसको बिल डिजीटल रुपमा यसएमयस मार्फत हरेक महिना मोबाइलमा आउछ ।

एआई प्रणालीबाट पानीको दुरुपयोग 
एआई मोडेलहरू चलाउन र ट्रेन गर्न डेटा सेन्टरहरू चाहिन्छ। यी डेटा सेन्टरहरूमा कम्प्युटर सर्भर २४ सै घण्टा चलिरहन्छन् र तातिन्छन्। तिनलाई चिसो राख्नका लागि वाटर कुलिङ सिस्टम प्रयोग गरिन्छ। गुगलले २०२१ मा मात्र १५.७ अर्ब लिटर पानी डेटा सेन्टरहरू चिसो राख्न प्रयोग गर्‍यो। 

माइक्रोसफ्टले जिपिटी-४ मोडेल ट्रेन गर्न करिब ७ लाख ग्यालोन पानी खर्च गर्यो (२६ लाख लिटर जति), जुन एउटा ठूला शहरका सयौं मानिसले महिनौं प्रयोग गर्न सक्ने पानी हो। हरेकपटक तपाईंले च्याट जिपीटी वा अन्य एआई सिस्टम प्रयोग गर्दा, एक सानो प्रक्रिया हजारौं मेशिनमा चल्दछ, जसको लागि उर्जा र शीतल पानी आवश्यक पर्छ।

एआई प्रणालीद्वारा पानीको संरक्षण 
स्मार्ट कृषि : एआईले माटोको अवस्था, मौसमी जानकारी र बालीको अवस्थाको विश्लेषण गरेर कति पानी चाहिन्छ भन्ने निर्णय दिन सक्छ । यसले सिँचाइमा अनावश्यक पानी खेर जानबाट रोक्न मद्दत गर्दछ । 

आइबीएम वाट्सन डिसिजन प्लेटफर्म फर एग्रीकल्चरले कृषकलाई बाली अनुसार सिचाइको सटीक सल्लाह दिन्छ। भारतको केही क्षेत्रमा एआई आधारित ड्रिप इरिगेसन प्रणाली लागू गरेर ३०–५०% पानी बचत गरीरहेको छ।

कर्नेल युनिभरसिटीको एक अध्ययन अनुसार क्यानडामा एआईको प्रयोगले   ६.४% देखि २२.८% पानी बचत गर्नुको साथै फसल उत्पादन २.३%-४.३% वृद्धि गरेको पाइएको छ । भारत, महाराष्ट्रको खुटबव गाउँमा आधुनिक प्रणाली माइक्रोसफ्टको फार्मबिट्सको प्रयोगले ५०% पानी र कीटनाशक खर्च घटाएको, साथै ४०% उत्पादन वृद्धि गरेको थियो ।

पानी चुहावट पहिचान : एआईले पानीको प्रवाह, दबाव र सञ्जालमा हुने अनियमितता विश्लेषण गरेर पाइप चुहावट तुरुन्त पत्ता लगाउँछ। इजरायलमा “टकाडु” नामक एआई प्रणालीले पानी आपूर्ति प्रणालीमा हुने चुहावट पत्ता लगाएर वार्षिक करोडौं लिटर पानी बचत गरीरहेको छ ।

अमेरिकाको लस भेगासमा इकोलोजिक्स को इकोशोर टिएक्स पानी पाइपलाइन अनुगमन गरेर ठूलो प्रभाव पुर्याएको छ, ३.२५ मिलियन ग्यालन पानी बचत गरेको छ । म्युलर सिस्ट्म जस्ता स्मार्ट मिटर प्रणालिहरूले साउथ मेसा, वेदरफोर्ड आदि क्षेत्रमा २२% सम्म पानी खपत घटाएको अध्ययनले देखाएको छ ।

शहर व्यवस्थापन: स्मार्ट शहरहरूमा एआईको माध्यमबाट पानी वितरण स्वचालित रूपमा गरिन्छ। जसले फोहर हुने, सिमसारमा मिसिने, वा सडकमा बग्ने पानी रोक्छ। सिङापुरको पानी बोर्डले एआई प्रयोग गरी पानीको खपत ट्र्याक गर्छ र पानीको माग अनुसार आपूर्ति मिलाउँछ।

उद्योगमा पानीको पुनः प्रयोग प्रणाली: एआईले फ्याक्ट्रीहरूमा पानीको प्रयोगको विश्लेषण गरेर पुनः प्रयोग गर्न मिल्ने पानी छुट्याउँछ। नेस्ली कम्पनीले आफ्नो कारखानाहरूमा एआई प्रयोग गरेर २०% पानी कम प्रयोग गर्ने नीतिहरू कार्यान्वयन गरेको छ।

एआईले भविष्यको पानी माग पूर्वानुमान गरेर अनावश्यक आपूर्ति र प्रशोधन खर्च घटाउन सक्छ, जसले जल व्यवस्थापनलाई अधिक प्रभावकारी बनाउँछ । गुगल सहित बिभिन्न कम्पनीहरू मिलेर " वाटर पोजेटिभ बाइ २०३० " लक्ष्य राख्दै एआई-ड्रिभन रि-प्लेनीश रिफिल रणनीति अपनाइरहेका छन् ।

एआईले गर्दा पानीको दुरुपयोग 
जिपिटी-३ को प्रशिक्षणले माइक्रोसफ्टका अमेरिकी डाटा सेन्टरमा ५.४ लाख लिटर ताजा पानी प्रयोग गरेको अनुमान गरिएको छ, जसमा ७०,००० लिटर प्रत्यक्ष प्रयोग समावेश छ ।

इनफरेंस वा प्रयोग अवधिमा: २०-५० प्रश्न जवाफ सत्र सम्पन्न हुँदा लगभग ५००  मि.लिटर पानी बराबर ऊर्जा खर्च हुन्छ ।  जिपीटी-४ ले मात्र २०२५  मा करिब १.३३ देखी १.५८ मिलियन किलोलिटर  पानी खपत गर्ने अनुमान गरिएको छ ।

२०२७ सम्म एआईको पानी माग वार्षिक ४.२ देखी ६.६ बिलियन घनमिटर अनुमान गरिएको छ । गुगल, माइक्रोसफ्ट, मेटा आदिका डेटा सेन्टरहरुमा २०२२ मा गुगल २०%, माइक्रोसफ्ट ३४% पानी खपत थप भएको छ । एउटा १०० मेगावाट डाटा सेन्टरले दैनिक २ मिलियन लिटर पानी उपभोग गर्न सक्छ । जसले करिब ६,५०० घरधुरीको दैनिक खपत पुरा गर्छ ।

द टाइम्सयुकेका अनुसार ब्रिटेनमा लिन्कोनशायर क्षेत्रमा एउटा ठूलो एआई डेटा सेन्टरले धेरै पानी प्रयोग गरिए सो क्षेत्रमा पानी स्रोतको माथि अत्याधिक दबाब आकलन गरिएको  छ । द गुर्दियनदटकमका अनुसार ल्याटिन अमेरिकामा डाटा सेन्टर परियोजनाहरुले क्षेत्रीय पानीको अभाव थप्दैछन् । 

नेपालमा पानी स्रोतको संरक्षण लागि : एआई
नेपालमा पानी स्रोतको संरक्षणको लागि एआई प्रणालीलाई प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ, विशेष गरी कृषि, शहर व्यवस्थापन, आपूर्ति सञ्जाल, तथा जलवायु निगरानीमा। 

नेपालमा एआई प्रणालीद्वारा पानी संरक्षण गर्ने केही उपायहरू
स्मार्ट सिँचाइ प्रणाली:  परम्परागत सिँचाइ पद्धतिमा परिवर्तन गरी आधुनिक सिन्चाइ प्रणाली लागु गर्ने । पानी आवश्यक नपरेको बेला उक्त पानीलाई एआईको प्रयोग गरी अर्को ठाउँमा लैजाने ब्यबस्था मिलाउने ताकी अर्को ठाउँको अन्न उत्पादनमा ब्रिद्धी होस्, वा बढी भएकोपानी बचत गर्न सकिन्छ । 

त्यसैगरी विभिन्न स्मार्ट सेन्सरहरू  प्रयोग गरेर माटोको अवस्था, बालीको अवस्था, मौसम जानकारी आदि विश्लेषण गर्न सकिन्छ। एआईको प्रयोग गरी कती पानी कुन समयमा पर्छ कती पानीको आवश्यकता पर्दछ साथै कती पानी बचत गर्न सकिन्छ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।

नेपालमा प्रयोग गर्न सकिने उपायहरू: लुम्बिनी, चितवन, रुपन्देही, तराई क्षेत्रका धान–गहुँ खेतहरूमा "एआई-इनाब्लेड ड्रिप इरीगेसन" प्रणाली स्थापना गरेर पानी बचाउन र ब्यबस्थापना गर्न सकिन्छ । सरकार वा गैर सरकारी सस्थासँग सहकार्य गरेर किसानहरुलाई मोबाइल एप द्वारा सुचना तथा सल्लाह दिएर पनि पानीको उचित ब्यबस्थापना गर्न सकिन्छ ।

पानी आपूर्ति चुहावट पत्ता लगाउने प्रणाली: धेरै जस्तो शहर बजारमा पानीको पाइपलाइन फुटेर खाने पानी सडक भरी खेर गैरहेको हुन्छ भने कतै पानीको हाहाकार भएर ट्यान्करमा पनि किनेर जीवन निर्वाह गर्ने पर्ने बाध्यता छ । 

एकातिर लाखौं लिटर पानी सडकमा खेर जाने र सडकको आयु सेमत छोट्याइरहेको छ भने अर्को तिर पानीको काकाकुल भइरहेको छ । यसरी एआई अल्गोरीदम्स प्रेसर सेन्सर तथा साउन्ड डिटेक्सन प्रणालीको प्रयोग गरी चुहावट भएको सजिलै पत्तालगाएर पाइपमा भएको चुहावट मरम्मत गरेर तत्काल रोक्न सकिन्छ र पानीको बचावट गर्न सकिन्छ । 

देशका घना बस्ती भएका शहरहरु जस्तै काठमाडौं, पोखरा, बिराटनगर, धरान, बिरगन्ज, नेपालगन्ज आदी शहरहरुमा एआई आधारित पाइप निगरानी प्रणाली लागु गरेर पाइप बाट हुने चुहावट लाई रोक्न सकिन्छ । 

जलाशय तथा खोलाको स्तर निगरानी: वर्षा र बाढीको समयमा पानी खेर जान्छ, अनि सुख्खा समयमा पानीको कमी हुन्छ। हालको अवस्था पनि त्यस्तै छ, कति अतीब्रिस्टी भएर बाडीले घर, खेत, सडक, बाटो बगाइरहेको छ भने कतै अनाब्रिस्टी भएर धन खेत सुख्खा भएर किसानहरुलाई तनाब भइरहेको छ ।

यस्तो अवस्थामा स्याटलाइेट इमेज र एआई मोडेलहरुको प्रयोग गरेर जलाशय, पोखरी, नदी आदि जलस्रोतको पानीको मात्रा र प्रवाहको निगरानी गर्न सकिन्छ। एआईले कहिले पानी अधिक, कहिले कम हुन सक्ने भविष्यवाणी गर्छ। त्यसै अनुसार भण्डारण, पुनः प्रयोग र वितरण प्रणाली व्यवस्थापन गर्न सकिन्छ।

नेपालको सन्दर्भमा रुपा, बेगनास, फेवाताल, बुढीगण्डकी, कर्णाली नदी, महाकाली नदी, राप्ती नदी, कोशी नदी, मेलम्ची आयोजना आदि जस्ता नदी तथा तालहरुमा एआईको प्रयोग गरेर सिँचाइको लागि पानीको उचित तबरले बितरण गर्न सकिन्छ । 

एआई को प्रयोग गरी तयार गरिएको मोबाइल एप वा कुनै डिभाइसको प्रयोग गरेर स्मार्ट कृषि सल्लाह प्रणाली लागु गर्न सकिन्छ । जस्मा किसानले मोबाइलद्वारा म्यासेज वा यसएमयस मार्फत आफ्नो खेतको  तत्कालिन अवस्था बारे विवरण दिन सक्छन्। जहाँ एआईले दिएको जानकारी अनुसार किसानले सिँचाइ गर्ने, मल हाल्ने, रोग नियन्त्रण गर्ने जस्ता कृषिका कार्यहरु गर्न सक्छन । साथै अनावश्यक सिँचाइबाट पानी जोगाउन पनि सकिन्छ । 

धेरै ठाउँमा पानीको उपभोग नाप्ने मिटर नै छैन, वा मिटर भए पनि एआईमा आधारित मिटर हुँदैन । त्यस्को लागि एआईद्वारा स्मार्ट पानी मापन प्रणालीको बिकास गर्न सकिन्छ । जस्ले हरेक घर वा उद्योगमा पानीको प्रयोग मापन गर्छ। एआईमा आधारित मिटरले पानीको अनियमित प्रयोग वा दुरुपयोग तुरुन्त पत्ता लगाउँछ, र पानी चुहावट तथा दुरुपयोग रोक्न सकिन्छ । 

काठमाडौँ, पोखरा, भरतपुर जस्ता ठुलो जनघनत्व भएको शहरहरुमा खानेपानी आपूर्ति बोर्डले स्मार्ट मिटर गरेर खानेपानीको बचत गर्न सक्छ । एआईको प्रयोग गरेर वर्षायाममा वर्षाको पानी संकलन प्रणाली स्थापना गरेर पानीको खपत अनुमान गर्छ। बढी भएको पानीलाई खडेरी परेको बेला वा पानी नपर्ने समयमा प्रयोग गर्न सकिन्छ । ठूला शहरहरु, औद्योगिक क्षेत्र तथा कृषि तथा पशुपलनका कार्यहरुमा बर्षाको पानी संकलन प्रणाली अत्यन्त उपयोगी सिद्ध हुनेछ।

नेपाल सरकारले "एआई फोर वाटर" परियोजनाको स्थापना गरी कृषक र गाउपालिका तथा नगरपालिकाहरूलाई समेटेर पानीको बचाउ कार्यक्रमहरु गर्न सकिन्छ। अन्तर्राष्ट्रिय सस्थाहरु (युयनडीपी, जाइका, युयसएड आदी) सहयोगमा एआईमा आधारित जल संरक्षण प्रणालीको बिकास गरेर खाने पानी तथा कृषिकर्मको लागि अवश्यक पर्ने पानीको उचित ब्यबस्थापना गर्न सकिन्छ । 

एआईको प्रयोग गरेर स्मार्ट इरिगेसन मार्फत पानीको बचत गर्न सकिन्छ । ठुला शहरहरुमा एआईको प्रयोग गरेर पानीको चुहावत नियन्त्र गर्न र स्मार्ट मिटर जडान गरी आवश्यकता भन्दा बढी पानीको बचत गर्न सकिन्छ । बर्षायामको बेला  खोलानालाहरुबाट आउने बाडीको पुर्वा अनुमान गरी जोखिन न्युनीकरण तथा क्षेती हुनबाट बचाउन सकिन्छ । 

त्यसैगरी एआईमा आधारित जलस्रोतकोदिर्घकालिन संरक्षण परीयोजना सन्चालन गरी पानीको बचत गर्न सकिन्छ । यदी एआईको लागि डाटा सेन्टर डिजाईन गर्दा क्लोज्ड-लुप कुलिङ, ड्राइ कुलर्स, अन्डर वाटर, सब्टेरेनियन (भूमिगत ) डेटा सेन्टर प्रणालीको प्रयोग गरी पानीको न्युन प्रयोग गर्न सकिन्छ भन्ने बिज्ञहरुको सुझाब रहेको छ ।  

समय र स्थान अनुसार ट्रेनिङ र इनफेरेन्स सेडुलिङ गरेर, जल-प्रभाव न्यून हुने डेटा सेन्टर छनौट गरेमा पानीको प्रयोग कम गर्न सकिन्छ । कृषि र जलउपयोग नियमन क्षेत्रहरू एआई प्रविधिहरू अपनाएर पानी बचत र अनुकूलता सुनिश्चित गर्न सक्नेछन्।

र अन्त्यमा एआईको सही प्रयोगले मानब जीवनमा सम्ब्रिद्धी ल्याउन सहयोग सिद्ध हुन जान्छ भने एआईको दुरुपयोग हुँदै गएको खण्डमा, “एआई” वरदान हो कि अभिशाप भन्ने प्रश्न उब्जिन सक्छ। यदी अत्यधिक एआईको प्रयोग हुँदै जादा एक दिन विश्वमा " एआईको प्रयोग कम गरौ, पानीको स्रोत बचाऔं" भन्ने अभियान पनि नआउँला भन्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकार पूर्ण असफल भइसक्यो : राउत
कोशी, बागमती, गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना
अरनिको राजमार्ग पूर्ण अवरुद्ध, तुइन खोलामा सवारी सञ्चालन गर्न आंशिक रोक
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सरकार पूर्ण असफल भइसक्यो : राउत आइतबार, भदौ २८, २०८३
कोशी, बागमती, गण्डकीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, भदौ २८, २०८३
अरनिको राजमार्ग पूर्ण अवरुद्ध, तुइन खोलामा सवारी सञ्चालन गर्न आंशिक रोक आइतबार, भदौ २८, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? आइतबार, भदौ २८, २०८३
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्