एजेन्सी– बेंगलुरुको विशेष अदालतले शनिबार पूर्व जेडीएस सांसद तथा पूर्व प्रधानमन्त्री एजडऊी देवगौडाका नाती प्रज्वल रेवन्नालाई बलात्कार मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।
अदालतले प्रज्वलविरुद्ध १० लाख भारतीय रुपैयाँ जरिवानासमेत गरेको छ । साथै पीडितलाई ७ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ । शुक्रबार अदालतले रेवन्नालाई दोषी ठहर्याएको थियो ।
रेवन्नाले अदालतमा कम सजाय माग गर्दै आफूले कुनै गलत नगरेको दाबी गरेका थिए । रेवन्नाको रिवरामा काम गर्दै आएकी ४७ वर्षीया महिलाले गत वर्षको अप्रिलमा उनीविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।
जसमा २०२१ देखि कैयौंपटक बलात्कार गरेको र कसैलाई भनेमा अश्लिल भिडियोहरु लिक गरिदिने धम्की दिएको रेवन्नामाथि आरोप थियो । अदालतले १८ जुलाईमा यस मुद्दाको सुनुवाई गरेको थियो । रेवन्नाविरुद्ध बलात्कार, कुदृष्टि, अपराधिक धम्की र अश्लित तस्बिर लिकसहित कैयौं धाराअन्तर्गत आरोप तय गरिएको थियो । उनीविरुद्ध चारवटा बलात्कारमा मुद्दा दायर थिए । जसमध्ये उनलाई दोषी ठहर्याइएको यो पहिलो मुद्दा हो ।
गत वर्ष प्रज्वल रेवन्नाको नाम कर्नाटक सेक्स स्क्यान्डलमा मुछिएपछि चर्चामा आएको थियो । उनीविरुद्ध ५० भन्दा बढी महिलामाथि यौन उत्पीडनको आरोप छ । गत वर्ष नै सामाजिक सञ्जालमा रेवन्नाका २ हजार भन्दा अधिक अश्लिल भिडियो क्लीप्सहरु आएका थिए ।
२०२४ मा उनले लोकसभा सुनामा कर्नाटकको हासन संसदीय सिटमा दोस्रोपटक चुनाव लडेका थिए । तर उनले आफ्नो सांसद पद बचाउन सकेनन् । बलात्कारको मुद्दा दायर भएपछि जेडीएसले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।