काठमाडौँ– अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन्।
यो घटना शुक्रबार मोन्टानाको एक बारमा भएको हो। प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ। जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ।
जाँचको नेतृत्व गरिरहेको मोन्टाना अपराधिक जाँच विभागका अनुसार गोली प्रहार स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा भएको हो। घटनास्थलमै चार जनाको मृत्यु भएको छ।
सार्वजनिक रेकर्ड अनुसार संदिग्धको पहिचान गरिएको छ। ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनी बारकै छेउमा बस्दै आएका थिए।
सुरक्षा अधिकारीका अनुसार एक स्वाट टिमले उनको घरको तलासी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।