काठमाडौं– पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको छ। आइसिसीले माग गरेको सबै प्रक्रिया पूरा गरेपछि पिपिएलले आइसिसीको मान्यता पाएको हो।
_x000D_
_x000D_
मान्यतापछि अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटर पिपिएलमा सहभागी हुन बाटो खुलेको छ। मान्यता बापत पिपिएलले २० हजार डलर समेत आइसिसीलाई बुझाउनु छ। आयोजक क्विन्स इभेन्ट्का कार्यकारी निर्देशक छुम्बी लामाका अनुसार मान्यता एक वर्षका लागि मात्र हुनेछ।
_x000D_
_x000D_
आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो। आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ। जसका कारण घरेलु क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी हुन आइसिसीको मान्यता हुनु पर्छ।
_x000D_
_x000D_
६ टिमको सहभागिता रहने पिपिएल आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ।
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्सले खेल्नेछन्।
_x000D_
_x000D_
पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु प्रावधान छन्। अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध भइसकेका छन्। एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल प्लेयरलाई पनि राख्नु पर्नेछ। सबै टिमको मार्की प्लेयर घोषणा भइसकेको छ। अब टिमहरुले २ जना विदेशी खेलाडी र २ जना लोकल प्लेयरलाई राख्न बाँकी छ।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।