एजेन्सी– न्यूयोर्कको म्यानह्याटनमा सोमबार गोली चल्यो। २७ वर्षका शेन डेभन तामुराले मिडटाउनमा रहेको ३४५ पार्क एभेन्यूमा सोमबार कार्यालय समय सकिने बेलातिर एम४ राइफलले जथाभावी गोली हानेर केही व्यक्तिको हत्या गरे।
भवनको ३३ औँ तलामा अरु केही मान्छेलाई गोली हानेपछि उनले आफैँमाथि गोली हानेर आत्महत्या गरे। तामुरा नाभेदा बस्थे। उनले यस्तो कदम किन चाले भनेर अनुसन्धान सुरु गरेको अधिकारीहरूले तामुरालाई मानसिक रोग भएको बताएका छ। अहिलेसम्म यस घटनामा मृतक एक जनाको मात्रै पहिचान खुलेको छ।
तामुरासँग लास भेगासको ठेगाना पुष्टि गर्ने कागज थियो भने उनको नाममा एउटा बीएमडब्ल्यू भेटिएको छ। कारभित्र अनुसन्धानकर्ताहरूले बन्दुक राख्ने केस, गोली र लोड गरिएको रिभल्भर भेटेको न्यूयोर्कका प्रहरी आयुक्त जेसिका टिशले बताएकी छिन्। कारमा उनलाई प्रिस्काइब गरिएको औषधि पनि भेटिएको तर यो कस्तो खालको औषधि हो भनेर टिशले खुलाएकी छैनन्। तामुरा सोही बीएमडब्लयू बोकेर देशभर घुमेको अधिकारीहरूले बताए। शनिबार कोलोराडोमा रहेको सो कार आइतबार नेब्रीस्का र आईओवामा थियो। सोमबार घटनाको दिन साँझ ४ः२४ मा यो न्यूजर्जीमा थियो।
त्यहाँबाट कार न्यूयोर्क छिरेको टिशले बताइन्। सेक्युरिटी भिडियोमा आक्रमणकारी पार्किङमा राखिएको बिएमडब्लयूबाट एम४ बन्दुक बोकेर आइरहेको देखिन्छन्। उनी भवनको लबीमा छिरेर न्यूयोर्क प्रहरी विभागका एक अधिकारीलाई गोली हान्छन्। त्यसपछि उनले पिल्लरको पछाडि लुकिरहेकी महिलालाई गोली हान्छन्। त्यसपछि एलिभेटर चढेर ३३ औँ तलामा जान्छन् अनि अर्का एक जनाको गोली हानेर हत्या गर्छन्।
यस भवनमा वित्तीय सेवा प्रदायक कम्पनी, केपीएमजी, अमेरिकी वैकल्पिक लगानी व्यवस्थापक कम्पनी ब्ल्याकस्टोन लगायतको अफिस थियो। उनले यही ठाउँलाई किन निशाना बनाएर भनेर आफूहरूले बुझ्ने कोशिश गरिरहेको टिशले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।