न्युयोर्क– सोमबार अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ।
न्युयोर्क शहरको म्यानहट्टनमा गोलाबारीमा दुई जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन्।
न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै मिडटायनमा एक सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताएका छन्। उक्त क्षेत्रमा रहेका मानिसहरुलाई घरभित्रै बसेर सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको छ।
यस्तै सोमबार नै नवाडामा एक क्यासिनो बाहिर भएको गोलाबारीमा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। न्युयोर्क पोस्टको रिपोर्ट अनुसार यो घटना बिहान करिब ७ बजेर २५ मिनेटमा रेनो शहरको ग्रान्ड सिएरा रिसोर्टको वालेट पार्किङ क्षेत्रमा भएको हो।
प्रहरीले सन्दिग्धलाई हिरासतमा लिएको छ। घटनामा दुई जना प्रहरी पनि गोली लागेर घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।