काठमाडौं – प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणालाई अमेरिकाले कडा शब्दमा खारेज गरेको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोनको घोषणालाई खारेज गर्दै अमेरिकी विदेशमन्त्री माइक्रो रुबियोले यो घोषणाबाट हमासको प्रोपोगाण्डालाई मात्र बढवा दिने बताएका छन् ।
विदेशमन्त्री रुबिओले सोसल मिडिया एक्समार्फत भने, ‘संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने म्याक्रोनको योजनालाई अमेरिकाले खारेज गर्छ । यो गैरजिम्मेवार फैसलाले हमासको प्रोपोगाण्डालाई सघाउनेछ र यसले थप अशान्ति बढाउनेछ । फ्रान्सको यो घोषणा ७ अक्टोबर (२०२३) हमलाका पीडितका लागि एक ठूलो झापड हो ।’
फ्रान्सको घोषणालाई लिएर प्यालेस्टाइनी अधिकारीहरूले स्वागत गरेका छन् भन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादलाई फ्रान्सको इनाम भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।