काठमाडौं– गाजामा कुपोषणका कारण दुई जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
यसका साथै भोकमरीबाट मर्नेको संख्या ११३ पुगेको छ । यसै साताको सुरुवातमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको २१ लाख जनसंख्या आपूर्तिको गम्भीर सामना गरिरहेको बताएका थिए ।
कुपोषण बढ्दै गएको र भोकमरीको असर दैलोमा पुगेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।