मस्को– रुसमा एउटा विमान बेपत्ता भएको छ।
बिहीबार २४ जना यात्रु क्षमता भएको सो विमान ५० जना बोकेर रुसको सुदूर पूर्व क्षेत्रमा उडिरहेको थियो। विमानको खोजी कार्य जारी रहेको क्षेत्रीय गभर्नर भासिले ओर्लोभले भनेका छन्। उक्त विमानसँग एयर ट्राफिक कन्ट्रोलरले सम्पर्क गुमाएको छ।
विमान साइबेरियास्थित अङ्गारा एयरलाइन्सको भएको स्थानीय आकस्मिक मन्त्रीले बताए। चीनसँगको सीमामा रहेको अमुर क्षेत्रमा रहेको टेन्दा सहरका लागि उडेको उक्त विमान गन्तव्य नजिकै पुगेर हराएको थियो।
प्रारम्भिक तथ्याङ्कका अनुसार विमानमा ४३ जना यात्रु रहेको र यसमा पाँच जना बालबालिका समेत भएको ओर्लोभले बताए। विमानमा ६ जना क्रु मेम्बर रहेको भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।