थाइल्यान्ड– थाइल्यान्ड–कम्बोडियाका सैनिकले एक अर्काविरुद्ध गोलाबारी गरेका छन्।
बिहीबार बिहानैदेखि दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको आरोप लगाएका छन्।
एकदिनअघि मात्र सीमामा एक ल्यान्डमाइन विस्फोटमा एक थाइ सैनिक घाइते भएपछि बिहीबार दुवै पक्षले एक अर्काविरुद्ध गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ।
बुधबारको घटनापछि थाइल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। थाइ सेनाले आफ्ना दुई सैनिक र तीन नागरिक घाइते भएको बताएको छ।
थाइ दूतावासले सीमामा संघर्षका बीच आफ्ना नागरिकलाई कम्बोडिया छाड्न अपील गरेको छ। थाइल्यान्डको शिक्षा मन्त्रालयले थाइल्यान्डको सुरीन प्रान्तमा विवादित सीमा नजिकका सबै विद्यालय बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।