काठमाडौं– अघिल्लो साता उच्च अंकले बढेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्च (नेप्से) आइतबार करेक्सन भएसँगै सोमबार ११ महिनाकै उच्च विन्दुमा भारी अंकले बढेको छ।
आइतबार झिनो अंकले बढ्दै करेक्सन भएको सेयर बजार सोमबार २२ अंकले वृद्धि हुँदै २८९२ अंकको विन्दु पार गरेको हो।
यता, कारोबार रकममा भने भारी गिरावट आएको छ।अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो।
आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो। बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन्। उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो।
तीन कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ। १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन्। सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।