• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब

64x64
नेपाल लाइभ शुक्रबार, साउन २, २०८२  १५:५०
1140x725

एजेन्सी– जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ। 

यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ।

इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ। यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो।

निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन्।

चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो। यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो।

समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयलको तथ्याङ्कले देखाएको छ।

अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो।

ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ। यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ।

यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ।

अक्टोबरमा उहाँको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो।

यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– शुल्क दबाब –

इशिबा अगस्ट १ मा २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकासँग व्यापारिक सम्झौता गर्न थप दबाबमा छन्।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानको महत्त्वपूर्ण अटो आयात पहिले नै स्टिल र एल्युमिनियम जस्तै पीडादायी भन्सार शुल्कको अधीनमा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली पावरहाउससँग ७० अर्ब डलरको व्यापार घाटा कम गर्न जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा धेरै उत्पादन गरुन् र टोकियोले ग्यास, तेल, कार र चामलजस्ता धेरै सामान अमेरिकाबाट खरिद गरोस् भन्ने चाहन्छन्।

इशिबाले आफ्ना व्यापारिक दूत रियोसेई अकाजावालाई सात पटक वासिङ्टनमा सम्झौताको मध्यस्थता गर्न पठाएको छ र शुक्रबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको स्वागत गर्ने कार्यक्रममा थिए।

अकाजावा पनि वार्तामा सामेल हुने र बेसेन्टसँग शनिबार ओसाकामा विश्व एक्सपो हेर्न जाने निर्धारण गरिएको जापानी सरकारले बताएको छ।

मुद्रास्फीति बढेका कारण गत वर्षदेखि बैंक अफ जापानले मौद्रिक नीति कडा बनाउँदै आएको छ तर विश्वको चौथो नम्बरको अर्थतन्त्रमा अमेरिकी करको प्रभावको चिन्ताले यसलाई सुस्त दृष्टिकोण अपनाउन बाध्य पारेको छ।

चामलको बढ्दो मूल्यका कारकहरूमा दुई वर्षअघि अत्यधिक तातो र सुक्खा गर्मीले राष्ट्रव्यापी फसल नोक्सान गरेको कारण हुने अभावहरू समावेश छन्।

त्यसबेलादेखि केही व्यापारीहरूले आफ्नो नाफा बढाउनका लागि चामल भण्डारण गरिरहेको विज्ञहरू बताउँछन्।

यो समस्या गत वर्ष सम्भावित ‘मेगाक्वेक’ का बारेमा सरकारी चेतावनीले प्रेरित आतङ्कित खरिदारीले अझ खराब बनाएको थियो। यद्यपि महाभूकम्प आएन।

सरकारले फेब्रुअरीदेखि आफ्नो आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चालेको छ। सरकारले यस्तो कदम सामान्यतया प्रकोपको समयमा मात्र चाल्ने गरेको थियो।

“नीतिगत उलट–पुलट, उत्पादकबाट उपभोक्ता मूल्यहरूमा ढिलो पास–थ्रु, र येनको अवमूल्यनले निकट अवधिमा मूल्य दबाब उच्च राख्नेछ”, मुडिज एनालिटिक्सका स्टेफान एङ्ग्रिकले भने, “नाममात्रको तलब वृद्धि अड्किएसँगै, वास्तविक तलबले चाँडै आवश्यक वृद्धि पाउनेछैन। र अमेरिकी भन्सार शुल्क र भन्सार शुल्क धम्कीहरूले उत्पादन र रोजगारको अवस्थालाई प्रभावित गर्दा तलब वृद्धि सम्भवतः अझ सुस्त हुनेछ।”

उनले भने, “यसले बैंक अफ जापानलाई बन्धनमा राख्छ... हामी अपेक्षा गर्छौं कि बैंक अफ जापान अहिलेका लागि होल्डमा बस्नेछ, तर लामो समयसम्म होइन। जनवरीसम्म दर वृद्धि सम्भावित छ र डिसेम्बरमा नै आउन सक्छ।”
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघले घोषणा गर्‍यो आन्दोलन
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी
सम्बन्धित सामग्री
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान... मंगलबार, मंसिर १, २०८३
इरानसँगको द्वन्द्व लम्ब्याउन चाहँदैन अमेरिका, इरानसमर्थित समूहविरुद्ध इराकले सेना परिचालन गर्ने इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्ब्याउने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । उनले इरानको आणविक कार्यक्रम अमेरिकाका... मंगलबार, मंसिर १, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइर... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघले घोषणा गर्‍यो आन्दोलन मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा मंगलबार, मंसिर १, २०८३
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर १, २०८३
रोजगारीको बहानामा विदेश लगेर साइबर ठगीमा लगाउनेलाई मानव तस्कर मान्नुपर्छ : सांसद खनाल मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्