एजेन्सी– भारतको सर्वोच्च अदालतले कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर' को रिलिजमा प्रतिबन्ध कायम राखेको छ।
यसअघि दिल्ली उच्च अदालतले पनि फिल्मको रिलिजमा रोक लगाएको थियो।
सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ। अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्तिको सुनुवाइ गर्न केन्द्रले नियुक्त गरेको समितिको निर्णय नआउन्जेल पर्खन भनेको छ।
दिल्ली उच्च अदालतको फैसलाविरुद्ध फिल्म ‘उदयपुर फाइल्स’ का निर्माताहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यो फिल्म जुलाई ११ मा सिनेमाघरमा रिलिज हुने तालिका थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार फिल्मका निर्माताहरूले 'सेन्सर बोर्ड' बाट प्रमाणीकरण पाए पनि फिल्मको रिलिज रोकिएको तर्क गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।