इटहरी– कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
स्थानीयवासीको गुनासोपछि ईटहरी उपमहानगरपालिका–५ रक्तमाला टोलबाट २० वर्षीया सरस्वती बिकलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनको साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद बरामद गरेको छ। अन्य थप विषयमा पनि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
_x000D_
_x000D_
विकले केही दिनदेखि ईटहरीका विभिन्न स्थानमा कोठा खोज्ने बहानामा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।