काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुने उपाधि भिडन्त बेलुका पौने सात बजे सुरु हुनेछ।
_x000D_
_x000D_
सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। बंगलादेशले भने आयोजक भुटानलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
_x000D_
_x000D_
त्यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो। समूह चरणको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई बंगलादेशले २–१ गोलले हराएको थियो। त्यसलै नेपालका लागि आइतबारको उपाधि भिडन्त बदला लिने मौका समेत हुनेछ।
_x000D_
_x000D_
प्रतियोगितामा बंगलादेशकी जहान सोप्ना सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छिन्। उनले तीन खेलमा ८ गोल गरिसकेका छन्। दोस्रो स्थानमा रहेकी नेपालकी रेखा पौडेलले ७ गोल गरेकी छिन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।