टुरिन– इटालियन 'सिरि ए' को साविक विजेता युभेन्ट्सले सिजनमा सतप्रतिशत नतिजा निकाल्ने क्रम जारी राखेको छ।
_x000D_
_x000D_
युभेन्ट्सले लिगमा लगातार आठौं जित निकाल्ने क्रममा युडिनेसेलाई शनिबार २–० गोलले पराजित गरेको हो।
_x000D_
_x000D_
युभेन्ट्सको जितमा ३३औं मिनेटमा रोद्रिगो बेन्टाकुलरले पहिलो गोल गरे। उनले एन्टोनिक बाराकको ब्याक पासमा गोल गरेका थिए। ३७ मिनेटका क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सको अग्रता दोब्बर पारे। लगत्तै युभेन्ट्सका गोलकिपर सिमोन स्कुफेटले युडिनेसेका उत्कृष्ट प्रहारलाई बिफल पारेक थिए।
_x000D_
_x000D_
लिगमा युभेन्ट्सको ८ खेलबाट २४ अंक छ। दोस्रो स्थानको नापोलीको ७ खेलबाट १५ र तेस्रो स्थानको रोमाको ८ खेलबाट १४ अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।