म्याड्रिड– स्पेनिस ला लिगमा रियल म्याड्रिडको खराब प्रदर्शन जारी छ। लगातार चौथो खेलमा जितबिहीन बन्ने क्रममा रियलले शनिबार भएको खेलमा हार बेहोर्यो।
_x000D_
_x000D_
रियललाई शनिबार भएको खेलमा अलाभेसले १–० गोलले गरेको हो। अलाभेसको जितमा गार्सिया सान्चेजले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे। अलाभेसले रियल म्याड्रिडमाथि ८७ वर्षपछि जित हात पारेको हो। अलाभेसले रियललाई सन् १९३१ पछि पराजित गर्न सकेको थिएन।
_x000D_
_x000D_
जितसँगै अलाभेसले शीर्ष स्थानको बार्सिलोनासँग समान अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको ७ खेलबाट १४ अंक छ। १–१ खेल बढी खेलेका दोस्रो स्थानको रियल र तेस्रो स्थानको अलाभेसको पनि १४–१४ अंक छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।