म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गरेको खेलमा न्युकासल युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ।
_x000D_
_x000D_
न्युकासलले पहिलो १० मिनेटमै २ गोल गरेको थियो। केनेडीले सातौं र मुटोले दशौं मिनेटमा गोल गरेपछि न्युकासल २–० ले अघि बढेको थियो।
_x000D_
_x000D_
७० मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टरका लागि जुवान माटाले पहिलो गोल गर्न सफल भए। ७६ मिनेटमा मार्टियलले दोस्रो गोल गरेपछि म्यानचेस्टरले खेल २–२ को बराबरी गर्न सफल भयो। खेलको अन्तिम मिनेटमा एलेक्सिस सान्चेजले ९० मिनेटमा गोल गरेर म्यानचेस्टरलाई रोमाञ्चक जित दिलाए।
_x000D_
_x000D_
अर्को खेलमा टोटनह्यामले कार्डिफालाई १–० गोलले पराजित गर्यो। वर्नमाउथले ४–०, इभर्टनले लेस्टरलाई २–१, वुल्सले क्रिस्टल प्यालेसलाई १–० ले हराएका छन् भने वर्नली र हडर्सफिल्डले १–१ को बराबरी खेलेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।