काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने भएकाले अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन। विद्यार्थीलाई गाउँघरका खेतमा नै लगेर शिक्षा दिनु पर्दछ।’
_x000D_
_x000D_
विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने उनले बताए। विज्ञान र प्रविधि उपयोग गरी अबको शिक्षा प्रणाली विकास गर्नुपर्ने उनले बताए। ‘शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ।’
_x000D_
_x000D_
आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीले दाबी गरे। ‘आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुनेछैनन्’ प्रधानमन्त्री ओलीले भने।
_x000D_
_x000D_
विश्वविद्यालय अब विशिष्टकृत हुनेपर्ने बताएका ओलीले आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकताभन्दा बढी कलेजले सम्बन्धन पाएको बताए। ‘शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ’ उनले भने।
_x000D_
_x000D_
साधारणसभाले आव २०७५/२०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१/२०७२ र आव २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।