काठमाडौं– १२ औं संस्करणको काठमाडौं म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका हेमाला श्रेष्ठ च्याम्पियन बनेका छन्। महिलाको उपाधि भने भक्तपुरकी कान्छीमाया कोजुले जितेकी छिन्।
_x000D_
_x000D_
शनिबार भएको प्रतिस्पर्धामा हेमलालले निर्धारित दूरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पूरा गरे। दोश्रो स्थानमा सेनाकै राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा २३ मिनेट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
कान्छीले २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा म्याराथन पूरा गरिन्। यो स्पर्धामा भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दूरी पुरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा २४ मिनेट ८ सेकेन्डमा दूरी पूरा गरेर कास्य जिते। पहिलोले ५० हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद प्राप्त गरे।
_x000D_
_x000D_

_x000D_
_x000D_
रोड रेसमा एपिएफका गोपीचन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे। उनले १ घन्टा ७ सेकेन्डमा दूरी पूरा गरे। दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पूरा गरे। एपिएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए। महिला तर्फ सेनाकी विश्वरुपा बुढाले १ घन्टा १० मिनेट ५७ सेकेन्डका साथ स्वर्ण पाइन्। एपिएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनेट ३७ सेकेन्डका साथ रजत र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य पाइन्।
_x000D_
_x000D_
५ किमी खुला दौ तर्फ पुरुषमा अजित यादव र महिलामा सन्तोषी श्रेष्ठ पहिलो स्थान हात पार्न सफल भए।५ किमीकै छात्र तर्फ १९ मिनेट ५१ सेकेन्डका साथ प्रविन कुमार बोहराले स्वर्ण पाए। छात्रा तर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिन्ट ५५ सेकेन्डका साथ स्वर्ण पाइन।
_x000D_
_x000D_
मास्टर तर्फको पुरुषमा धर्म महर्जन र महिला तर्फ सरस्वती खड्का राईले स्वर्ण हात पारे।
_x000D_
_x000D_
ह्विल चेयर तर्फको प्रतिस्पर्धामा कृष्ण राज चौधरी पहिलो, दोश्रो स्थानमा रविन्द्र खत्री र तेश्रो स्थानमा राजेश सिल्पकार रहे। महिला तर्फ यामी झाक्री मगरले स्वर्ण, लक्ष्मी घिमिरेले रजत र हिरा तामाङ्गले कास्य पाइन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।