• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अनुभूति : छुटेका अनुहार

64x64
नेपाल लाइभ शनिबार, असोज २०, २०७५  ०५:५०
1140x725

'छुटेका अनुहार' जिन्दगीको रङ्गमञ्चमा भव्य उपस्थित हुँदा रहेछन्। त्यस ज्ञानबारे मसँग त्यस्तो विश्वासिलो प्रमाण थिएन। हुन सक्छ मैले खोजिहेरेको रहेनछु क्यारे! अकस्मात् रमेश सायम्- मलाई सायनको अर्थ थाहा छैन,अर्थ खोजीहेर्न पनि उस्तो जाँगर चलेन। म सायनभन्दा सायम् नै भन्न रुचाउँछु।

_x000D_ _x000D_

दाजुको अाउँदै गरेको पुस्तकको नाम देख्छु- छुटेका अनुहार। अनि मलाई पनि मसँगबाट छुटेका अनुहारलाई सम्झनाको मञ्चमा उपस्थित गराएर एउटा भव्य सभा राखूँराखूँ लाग्छ।

_x000D_ _x000D_

मान्छे भन्छन्- मान्छेको सपना कहाँबाट सुरु भएर कहाँ टुङ्गिन्छ भन्ने मान्छेलाई थाहा हुँदैन। मलाई निदाएर देखेको सपनाका अाधारमा चाहिँ मान्छेले भनेको कुरा सत्य हो झैं लाग्छ। कुरा कुराको सिलसिलामा एक मान्छेले भन्नुहुन्छ, 'साथीहरू नाटक खेल्छन्, नाटक हेर्न बोलाउँछन्, अाफ्नो जिन्दगीको नाटक हेरिदिने कोही नभएर रङ्गमञ्चको कुनाकुनामा माकुराले जालो तानिसक्यो।'

_x000D_ _x000D_

म अलिक अव्यवस्थित छु। मैले सुरु गरेको कुराको राम्रो व्यवस्थापन गर्न सकिनँ। कृपया माफ गर्नुहोस्। म अन्तै पुगिसकेछु।

_x000D_ _x000D_

ए, अँ म छुटेका अनुहारको कुरा गरिरहेको थिएँ।

_x000D_ _x000D_

मलाई पनि छुटेका अनुहार हेरुँहेरुँ लाग्यो। मैले लामो समयसम्म हेरेँ पनि! तर त्यहाँ मेरै अनुहार देखियो। मलाई एक मुठ्ठो दिक्क लागेर अायो। कसरी हुन सक्छ मैले हेरिरहेको अनुहार मेरै? मलाई लाग्यो मैले ऐना हेरेको छु, छुटेका अनुहार हैन। मलाई रिस पनि उठेर अायो। मैले ढुङ्गा टिपेर हिर्काएँ त्यो अनुहारमा। त्यसपछि छुटेको अनुहार चलमलाउन थाल्यो तरङ्गित हुँदै।अन्त्यमा छचल्किँदै डिलबाट बाहिरबाहिरसम्म पुग्यो छुटेको अनुहार !

_x000D_ _x000D_

पानीमा रहेछ प्रतिबिम्ब देखिएको त
_x000D_ अावेशमा ढुङ्गा हानियो ऐना भनेर।

_x000D_ _x000D_
_x000D_

मलाई छुटेको कुराको याद १३ वर्षअगाडि पहिलोपटक भएको थियो। त्यसभन्दा अगाडि सायद केही छुटेको थिएन होला मबाट। पहिलो पटक मबाट छुटेको कुनै मान्छे थिएन।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_
_x000D_ _x000D_

मलाई सम्झना रहेनछ। मबाट मेरो अनुहार धेरै पहिले र त्यसपछि पटकपटक गरेर धेरै पटक छुटिसकेको रहेछ। म धेरै पटक छुटिसकेको छु र अझै पनि धेरै पटक छुट्नेछु। साँच्चिकै मभित्र छुट्ने र मबाट छुट्नेको लामो पंक्ति रहेछ मसँग।म त सधैं भेटिनेहरुको साथमा मात्रै भुल्दो रहेछु।

_x000D_ _x000D_

भुँइको टिप्नमै व्यस्त भएछु सधैंभरि
_x000D_ बिर्सिएछु पोल्टाबाट खसिरहेछन्।

_x000D_ _x000D_

मलाई छुटेको कुराको याद १३ वर्षअगाडि पहिलोपटक भएको थियो। त्यसभन्दा अगाडि सायद केही छुटेको थिएन होला मबाट। पहिलो पटक मबाट छुटेको कुनै मान्छे थिएन। एउटा सिसा थियो, एउटा सिसाको दाग लागेको अनुहार थियो मसँग। त्यो छुटेको थियो। साँझपख स्कुलबाट अाएर झोला तुइनोमा झुन्ड्याएर स्कुलको निलो कमिज पनि नखोलिकन कर्सामा गुच्छा खेल्न गएको थिएँ। क्रमश: म हार्दै गइरहेको थिएँ। मेरो कानमा अामाले बोलाएको अावाज धमिलो गरेर अाइरहेको त थियो तर गुच्छाको अनुहारजस्तो प्रस्ट अाएको थिएन। म हारेर अन्तिममा मेरो 'लक गुच्छा' मात्रै बाँकी थियो मसँग। पुरानो गुच्छा थियो त्यो मेरो। सिसाका ससाना चोक्टा निस्किएका थिए ढुङ्गामा ठोकिएर। अकस्मात् अामाले कुहिनोमा समातेर नेक्र्याउँदै घर लैजानु भो मलाई। र भन्नु भो, 'किन हो र बोलाको नसुन्नि? जान अबेर भैसक्यो र पनि।'

_x000D_ _x000D_

- मावल जाने हो अाज?
_x000D_ - बुटवल जाने हो तँ। पढ्न!
_x000D_ मैले गुच्छा त बिर्सिएछु त्यसबेला!

_x000D_ _x000D_
_x000D_

दिक्क लाग्दो अवस्थामा सम्झनाका बाछिटाले हानेर कमेरो पखालिएको घर! मैले एकपटक कर्सामा पुगेर बोलाएँ पनि घरलाई तर घर बोलेन! एकपटक छुटिसकेपछि कुनै हालतमा पनि पहिलेजस्तो नहुँदो रहेछ। एकपटक छुटेपछि छुट्यो छुट्यो!

_x000D_
_x000D_ _x000D_

भोलिपल्ट साँझ बुटबल पुगेपछि त मलाई झल्झली याद अाउन थाल्यो गुच्छाको। भित्र पानी भएको गुच्छा! कति पटक हार्दा पनि मैले चारचार अोटा गुच्छामा साटेर अाफ्नो बनाएको थिए त्यो गुच्छा! राति अबेरसम्म मच्छेड धपाउँद‌ै सोचिबसेँ- कसको खल्तीमा होला त्यो गुच्छा! कुन केटो जोडले दौडिँदा कसको जाङ्गेको (हाफ पाइन्ट) खल्तीमा अरु गुच्छासँग रगडिएर रिरिङमिरिङ अावाज बोल्दो हो! अबेरसम्म मलाई सम्झना भइरह्यो। भोलिपल्ट गुरुकुल पुगेपछि मलाई कुन्नि कता अल्झ्याएर अामा नि जानुभएछ। त्यसपछि त छुटेका अनुहारको लाम लाग्न थाल्यो मसँग। म यति धेरै रोएँ त्यहाँ रहँदा! साथीहरूले खुब जिस्क्याउथेँ रोएको देखेर! मलाई एकपटक लागेथ्यो- यी अाँखा नि उतै छुटेको भए नि  हुने नि! रुन त पर्थेन। मेरा ताताताता अाँसुका एक पोखरी जति निर्दोष अनुहार नयाँमिल गुरुकुलमा छुटे!

_x000D_ _x000D_

म एक वर्षपछि घर जाँदा मलाई घरले पनि चिनेन! दिक्क लाग्दो अवस्थामा सम्झनाका बाछिटाले हानेर कमेरो पखालिएको घर! मैले एकपटक कर्सामा पुगेर बोलाएँ पनि घरलाई तर घर बोलेन! एकपटक छुटिसकेपछि कुनै हालतमा पनि पहिलेजस्तो नहुँदो रहेछ। एकपटक छुटेपछि छुट्यो छुट्यो!

_x000D_ _x000D_

नयाँमिल पढ्दा शैलेश भट्टराई भन्ने एउटा अद्भुत मान्छे थियो। उत्पट्याङको राजा! उसका छिटाहरू अझै पनि छन् मसँग। अपसोच! ऐले ऊ छैन। समवेदनाको अर्थ थाहा नभएको उमेरमै उसले मलाई रुवाएर गयो। यसरी छुट्यो कि ऊ अब म उसलाई भेट्न दुनियाँ छोड्नुपर्नेछ। कोही मान्छेको देहावसानमा अाजसम्म म एकपटक मात्रै रोएको छु- त्यो अाँसु शैलेशको नाममा मात्रै बगेको छ।

_x000D_ _x000D_

[नाम- शैलेश भट्टराई 
_x000D_ जिस्क्याउने नाम- थारु
_x000D_ उमेर- १२ बर्ष
_x000D_ गर्लफ्रेन्ड- थिइन क्यारे।]

_x000D_ _x000D_

उसको साइकल थियो। म उसको पछाडि बस्थेँ। भन्थ्यो- म तँलाई साइकल चलाउन सिकाउँछु। धेरै समयसम्म त उसले साइकलको चेन फुस्किँदा बनाउन मात्रै लगायो मलाई। तर पछि सिकायो पनि! ड्राइभर हुनुभन्दा अघि उसले एउटा राम्रो खलाँसी बनायो मलाई। सायद पहिलोपटक फ्लिम हेर्न हलमा उसलै लगेको थियो। बुटवल बजारका चप्पाचप्पा याद गरायो।हिलपार्क चढायो,फूलबारी घुमायो, बनबाटिका पुर्‍यायो। उसको एउटा बानी थियो नित्य ब्रस गर्ने! कालो अनुहारमा उसका सेता दाँत यस्तो अद्भुत टल्किन्थे। म उसलाई बेलाबेला जिस्क्याइमाग्थेँ, 'योसँग सेतो भन्ने कुरा दाँत मात्रै छन्।'

_x000D_ _x000D_

चिल्लो कालो थियो ऊ। मभन्दा बाक्लो कालो। कुनै बेला मेरा अगाडि उभिरहेकै अवस्थाको उसलाई भन्थेँ, 'थारु कता गएछ? यहाँ त उसको छाया मात्रै छ त।'

_x000D_ _x000D_

रिसको भाँडो ऊ। मेरो कुरा सुन्नासाथ लामो अायुसम्म ब्रस नगर्नाले अाफ्नो स्वेतरङ गुमाउँदै गएका मेरा स्वर्णिम दाँत भत्काउने उद्देश्यले तीव्र वेगका साथ अाउँथ्यो मेरो दुईतले खाटउपर। म पल्लो खाटमा उछिटिन्थेँ र क्रमशः सबै खाटमाथिबाट भाग्दै ढोकाको मुखबाट फुत्त बाहिर निस्किएर खाली खुट्टा सिँढीबाट तल झरेपछि म माथि फर्केर उसलाई हेर्थें। ऊ रिसले कालो अनुहार बनाएर हेर्थ्यो र फर्किएर कोठामा जान्थ्यो। केही समयपछि म कोठाको ढोकामा पुग्थेँ हेर्थें। 

_x000D_ _x000D_
_x000D_

हामी सातौंदिन साँझ गुरुकुलमा पुग्यौं। गेटबाट भित्र पस्दा यसरी हेरिरहेका थिए सम्पूर्ण विद्यार्थीले बार्दलीबाट कि हामी अर्कै ग्रहबाट अाएका हौं।

_x000D_
_x000D_ _x000D_

ऊ हाँसिरहेको हुन्थ्यो अाफ्नो बाक्साबाट नास्ता झिकेर। म छिट्टो ऊ भएको ठाउँ पुग्थेँ।जिब्रो टोकेर एक मुड्की पिठ्युँमा हान्थ्यो र हाँस्थ्यो ऊ। म उति बेलै उसले  थाहा नपाउने गरेर नास्ताको बट्टा गायब गराइदिन्थेँ।म अाफ्नो खाटमा पुगेपछि फेरि ऊ झम्टिन अाउँथ्यो मलाई नास्ताको बट्टा गायब गराइदिको शंकामा। मैले हैन भनेर ऊसँग जिद्दी गर्थें ऊ मान्दैनथ्यो! र अन्त्यमा म भन्थेँ, 'मलाई नमस्ते गर् अनि दिन्छु।'

_x000D_ _x000D_

ऊ हाँसेर नमस्ते गर्थ्यो।

_x000D_ _x000D_

म फेरि भन्थेँ, 'कान समात् अनि दिन्छु।

_x000D_ _x000D_

ऊ त्यो पनि गर्थ्यो। फेरि भन्थेँ म, 'अब दस पटक उठबस गर् अनि मात्रै दिन्छु।'

_x000D_ _x000D_

ऊ फेरि झम्टिन अाउथ्यो मलाई रिसाएर। म भयमिश्रित अावाजमा अाफ्नो टाउको जोगाउन हात टाउकोमाथि राख्दै भन्थेँ, 'रुक् रुक्, दिन्छु दिन्छु म।'

_x000D_ _x000D_

एकपटक यस्तो पनि भन्यो उसले, 'हिँड् होस्टेल छोडेर भागम्!'

_x000D_ _x000D_

तिलकले मान्यो, मैले पनि हुन्छ भनेँ।सानो टाइट जुत्ता कसेर हामी पछिल्लो गेटबाट भाग्यौं। बुटवल हलमा 'सहिद' भन्ने फ्लिम लागेको रहेछ। हेर्‍यौं ३ बजेपछिको शो। राति अबेर हामी कपिलवस्तु चनौटा पुग्यौं तिलकको घरमा। अर्को दिन चनौटा बजार घुम्यौ, फ्लिम हेर्‍यौं। तीन दिनपछि त्यहाँ थाहा पाए हामी भागेर अाएको भन्ने! हामी त्यहाँबाट पनि भाग्यौं। रुपैयाँ सबै सकिएको थियो। हिँड्दै जङ्गलजङ्गल फेरि रामापुर अायौं। तिलकको दाजु नारायण पंगेनीसँग पैसा मागेर शैलेशको घर गयौं। उसको घर पुग्दा हामी गुरुकुल छोडेको सात दिन भइसकेछ। हामी पुग्दा नपुग्दै दीपक दाइ अाउनु भो खोज्न। गुरुकुलबाट हामीलाई खोज्न पठाएर। हामी सातौंदिन साँझ गुरुकुलमा पुग्यौं। गेटबाट भित्र पस्दा यसरी हेरिरहेका थिए सम्पूर्ण विद्यार्थीले बार्दलीबाट कि हामी अर्कै ग्रहबाट अाएका हौं।

_x000D_ _x000D_

साँझ गुरुजीको भाटेकारबाहीमा पर्‍यौं। भोलि अभिभावक बोलाउने निर्णयका साथ भाटेकारबाही कार्यक्रम भव्यताका साथ सफल भयो। राति अरु साथीहरू भाग्दाका अनेक किस्साहरू सुन्न मेरै खाटमा जम्मा भएका थिए। म गर्वका साथ सुस्तसुस्त सुनाइरहेको थिएँ हाम्रो पुरुषार्थ।

_x000D_ _x000D_

माअोवादीको अामहडतालले भोलिबाटै नेपाल बन्द भयो। अभिभावक अाउने सम्भावना कम भयो। म खुसी भएँ। ६ दिनसम्म साँझको भोजनपछि हाम्रो कारबाही र केरकार चलिरह्यो। सातौं दिन एउटा पत्रमा हस्ताक्षर गरेर सजाय समाप्त भयो। पत्रको भाषा- फेरि यस्तै गरे विद्यालबाट निस्कासन गरिनेछ- वाला थियो। भित्रभित्र हाँसो रोकेर हस्ताक्षर गर्‍यौं। चार दिनपछि बिहान फोहोर जलाउने बेलामा शैलेशले मलाई बोलायो विद्यालय पछाडि। उसको हातमा अस्तिको हस्ताक्षर पत्र थियो र अनुहारमा हाँसो। यताउता हेर्‍यो र हस्ताक्षर पत्र च्यात्यो बीचबाट। अनि अाधा मलाई दिँदै भन्यो- ला जला!

_x000D_ _x000D_
_x000D_

म यत्तिकै अफ्ठ्यारा लाग्दा प्रश्न गरिबसेँ अाफैलाई धेरै बेरसम्म! शैलेशको सम्झनाले हो कि हावाले हो मलाई भित्रैबाट चिसो तुल्याएर ल्यायो! र चिसो भैरह्यो नै!

_x000D_
_x000D_ _x000D_

कतिबेला अफिसबाट त्यो पत्र निकाल्यो उसले थाहा भएन। पछि तिलकलाई भन्यौं त्यो कुरा तर उसले पत्याएन।

_x000D_ _x000D_

वार्षिक परीक्षापछि हामी सबै घर गयौं। घर गएपछि थाहा भयो शैलेश फेल भएछ। गुरुकुलको नियम फेल भएपछि फेरि त्यहाँ पढ्न नपाइने। पहिलोपटकमा ऊ हाम्रो क्लासबाट छुट्यो। शंकरनगर घर भएकाले ऊ कहिलेकाहीँ साँझपख साइकल लिएर अाउथ्यो हामीलाई भेट्न। हामी पनि गुरुको अाँखा छलेर खुसुक्क भेट्थ्यौं।अलिक समयपछि हल्ला अायो- ऊ सिद्धबाबा दोभाननिर ट्रिपर दुर्घटनामा पर्‍यो।केही साथीहरू भन्थे उसको अनुहार ढुङ्गामा टाँसिएको थियो टुक्राटुक्रा परेर। मैले मनमनै भनेँ, 'ढुङ्गामा हैन,यी अाँखामा टाँसिएको छ उसको अनुहार। जुन अनुहार कमजोर अाँसुले कहिल्यै पखाल्न सक्ने छैन,अाँखा पग्लिएर सकिए पनि उसको अनुहार रहनेछ अाँखाको खोपिल्टोमा। हाँसिरहेको उस्तै सेता दाँत देखाएर।

_x000D_ _x000D_

उसले भन्यो, 'हिँड् होस्टेल छोडेर भागम्।'

_x000D_ _x000D_

मैले कति सजिलोसँग मानेक‍ो थिएँ। तर...

_x000D_ _x000D_

मान्छेले दुनियाँ छोडेर जाँदा खै! किन कसैलाई- हिँड् जाम्- भन्दैनन्।

_x000D_ _x000D_

लेख्दालेख्दै एघार बजिसकेछ रातको। म झुप्पा झुप्पा गरेर तारा फलिरहेको अाकाशमुनिको मधुरो छाँयामा बसेर सोचिरहेँ अबेरसम्म- 'छुटेका अनुहारमा' शैलेशको अनुहार होला कि नहोला? के त्यहाँ पनि उस्तै गरेर चम्किरहेका होलान् उसका दाँत? मेरो लकगुच्छाको चोटपटकले युक्त दागे अनुहार अट्यो होला कि नाइँ छुटेका अनुहारमा? कैयौंपटक मबाट छुटेको मेरै अनुहार होला कि नहोला त्यहाँ? म यत्तिकै अफ्ठ्यारा लाग्दा प्रश्न गरिबसेँ अाफैलाई धेरै बेरसम्म! शैलेशको सम्झनाले हो कि हावाले हो मलाई भित्रैबाट चिसो तुल्याएर ल्यायो! र चिसो भैरह्यो नै!

_x000D_ _x000D_

आज 'छुटेका अनुहार' पस्किने दिन! म त कल्पना गरिरहेछु अामाले खीर पस्किन थालेको! स्टिलको थाल अगाडि राखेर मकैका पोस्करले बनाएको सुक्कुलमा पलेटी कसेर बसेको अगेना छेउमा।

_x000D_ _x000D_

दाजु,
_x000D_ हजुर र हजुरको- मलाई हजुरको भन्न मन थिएन, त्यो त हाम्रो हो नि तर भनिसकेँ- 'छुटेको अनुहार'लाई एक हृदय सफलताको स्वादिष्ट शुभकामना।

प्रकाशित मिति: शनिबार, असोज २०, २०७५  ०५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत' शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्