रसुवा- नेपाल चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ।
प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत पारिएको प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिए।
दैनिक ट्रक कन्टेनर गुड्ने, सडकको अवस्था साँघुरो भए पनि ट्राफिक व्यवस्थापनलाई समेत क्रमशः समाधान गर्दै लगिएको बताइएको छ।
सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीको अलावा सशस्त्र प्रहरीसमेत तैनाथ रहेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।