मस्को– रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परि कम्तीमा १३ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिए।
_x000D_
_x000D_
घटनामा परि घाइते भएका अन्य तीन जनालाई स्थानीय अस्पतालमा उपचार गराइएको उनले बताए। (रासस/सिन्ह्वा)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।