• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

५५ वटा प्रहरी कार्यालय अमेरिकी दूतावासको कालोसूचीमा

64x64
नारायण अधिकारी सोमबार, कात्तिक १०, २०८२  ०९:०१
1140x725

काठमाडौं- असोज पहिलो साता अमेरिकी लगानीमा थाइल्यान्डमा प्रहरीको वृति विकास सम्बन्धमा एक कार्यक्रम आयोजना हुँदै थियो। सो कार्यक्रममा सहभागी हुन नेपालका तर्फबाट महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीलाई पठाउने निर्णय भएको पनि थियो। निर्णयअनुरुप नै कार्यक्रमका लागि भन्दै प्रहरी हेडक्वार्टरबाट सबै प्रक्रिया पुरा गरेर थाइल्यान्ड जाने तयारीमा थिए एसपी उप्रेती।

_x000D_ _x000D_

तर, थाइल्यान्ड उड्न केही दिन मात्रै बाँकी रहँदा उनको भिसा स्वीकृत भएन। भिसा नलाग्नुको कारण खोज्दै उनी प्रहरी प्रधान कार्यालय पुगे। मानव अधिकार शाखामा पुगेपछि एसपी उप्रेतीले थाहा पाए, आफू ‘भेटिङ’ (कालोसूची) मा परेको।

_x000D_ _x000D_

कामका सिलसिलामा कुनै मानव अधिकार उल्लङ्घन गरेको रेकर्ड छैन। उप्रेती कार्यालय प्रमुख पनि थिएनन्। कसैलाई यातना पनि दिएका थिएन्न्। तैपनि उप्रेती ‘भेटिङ’मा परे।

_x000D_ _x000D_

एसपी उप्रेती मात्रै होइन, प्रहरी, सेना, सशस्त्र प्रहरी बलका धेरै अधिकारी यस्तै ‘भेटिङ’ आतंकमा परेका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2

के हो 'भेटिङ'?

_x000D_ _x000D_

कुवेर सिंह राना आइजिपी भएको बेला डिआइजी पार्वती थापा अमेरिकामा एक कार्यक्रममा भाग लिन जान लागेकी थिइन्। उनलाई अमेरिकी दूतावासले भिसा दिएन। त्यसपछि प्रहरी हेडक्वाटरमा ठूलै हल्लीखल्ली मच्चिएको थियो।

_x000D_ _x000D_

त्यसबेला प्रहरीको तालिम निर्देशनालयमा कार्यरत थिए अहिले अवकाश प्राप्त डिआइजी हेमन्त मल्ल। नेपाल प्रहरीको पहिलो श्रेणीको अधिकारीलाई भिसा नदिनु गम्भीर विषय भन्दै यसको छानबिन गर्नुपर्ने सुझाव मल्लले आइजिपी रानालाई दिएका थिए।

_x000D_ _x000D_

त्यसपछि एसपी प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समति गठन भयो। समितिले डिआइजी थापालाई अमेरिकी दूतावासले कालो सूचीमा राखेको पत्ता लगाएको थियो। उक्त अनुसन्धानपछि मात्रै नेपाल प्रहरीले ‘भेटिङ’ भन्ने शब्द थाहा पाएको थियो।

_x000D_ _x000D_

उनलाई ‘भेटिङ’मा राख्नुको कारणबारे दूतावासले जवाफ फर्काएको थियो– ‘विमानस्थलमा एक महिलालाई कुटेको समाचार बाहिर आएको थियो। त्यसैले भेटिङमा राखियो।’

_x000D_ _x000D_

थापालाई समाचारकै आधारमा ‘भेटिङ’मा राखिएको थियो। जबकी महिलालाई कुटेको भन्ने कुरा अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन।

_x000D_ _x000D_

अमानवीय व्यवहार, बेपत्ता बनाउने, आन्दोलनमा दमन, हिरासतमा यातना, कुटपिटलगायत मानव अधिकार उल्लङ्घन गरेको पाइएपछि सुरक्षाकर्मीलाई विदेश भ्रमणमा जान बन्देज लगाउनु ‘भेटिङ’ भनिन्छ। ‘भेटिङ’मा परेका सुरक्षा अधिकारीहरु विदेशमा हुने तालिम, युएन मिसन लगायतमा जान समेत पाउँदैनन्।

_x000D_ _x000D_

अमेरिकाले आफ्नो देशले सैन्य सहयोग प्रदान गर्ने देशहरुमा मानव अधिकार उल्लङ्घनका घटना भए अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न सकिने व्यवस्था गरेसँगै नेपाली सुरक्षाकर्मी पनि ‘भेटिङ’को मारमा पर्ने गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। नागरिकसँग प्रत्यक्ष्य सम्बन्ध रहने भएकाले यसबाट सबैभन्दा पीडित नेपाल प्रहरी पर्ने गरेको छ।

_x000D_ _x000D_

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संघसंगठनले मानव अधिकार उल्लङ्घन गरेका सुरक्षाकर्मीका नाम अमेरिकी दूतावासलाई उपलब्ध गराउँदै आएका छन्। उनीहरुले पठाएको रिपोर्ट र समाचारका आधारमा ‘भेटिङ’मा राखिँदै आएको छ।

_x000D_ _x000D_

‘भेटिङ’को जानकारीसम्म दिँइदैन, क्रस चेक बिनै कालोसूचीमा

_x000D_ _x000D_

‘भेटिङ’मा को–को परेका छन् भन्नेसम्म प्रहरी अधिकारीलाई जानकारी नदिने गरिएको प्रहरीको मानव अधिकार शाखाका डिएसपी दीपक पोखरेलले बताए। ‘को भेटिङमा परेको छ भन्ने केही पनि थाहा हुँदैन। जब विदेश जाने बेलामा भिसा लाग्दैन, अनि सोधपुछ गरेपछि भेटिङ भन्ने थाहा हुन्छ’, उनले भने।

_x000D_ _x000D_

यसको उदाहरणको रुपमा भर्खरै थाइल्यान्ड जानबाट रोकिएका एसपी उप्रेती, डिआइजी पार्वती थापा, लाइबेरिया मिसनबाट ३ महिनामै फर्काइएका एसपी वसन्त कुँवरलाई लिन सकिन्छ। युएनएचसीआर, ओएचसीएचआर, एड्भोकेसी फोरम, एसियन ह्युमन राइट्स कमिसन, तराई ह्युमन राइट्स डिफेन्स एलायन्स लगायत संस्थाले पठाएको व्यक्तिको नाम ‘भेटिङ’ लिस्टमा राखिन्छ।

_x000D_ _x000D_

त्यसैगरी, सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर पनि ‘भेटिङ’को सूचीमा राखिँदै आएको छ। यी अन्तर्राष्ट्रिय संस्थाहरुले पठाएका सुरक्षाकर्मीका नाम र समाचारमा उल्लेख भएका व्यक्तिका बारेमा ‘क्रस चेक’सम्म नगरी ‘भेटिङ’को सूचीमा राख्ने गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

मानव अधिकार उल्लङ्घन नै गरेको भए मानव अधिकार आयोगले छानबिन गरेपछि दोषी देखिएपछि मात्रै ‘भेटिङ’मा राख्नु पर्ने हो। तर, त्यस्तो नहुने गरको प्रहरी अधिकारीको गुनासो छ। यसरी ‘भेटिङ’मा राखेपछि सम्बन्धित व्यक्ति वा संगठन, कसैलाई पनि यसबारे जानकारी दिइँदैन। ‘भेटिङ’ सूचीमा परेपछि कुनै पनि अधिकारीले अमेरिका, युरोप लगायतका देश र अमेरिकाको लगानीमा हुने कुनै पनि कार्यक्रममा जानसमेत पाउँदैनन्।

_x000D_ _x000D_

५५ वटा प्रहरी कार्यालय कालोसूचीमा

_x000D_ _x000D_

अमेरिकाले दुई किसिमले ‘भेटिङ’ सूची राख्दै आएको छ। एउटा, संस्था ‘भेटिङ’ र अर्को व्यक्ति ‘भेटिङ’। कुनै प्रहरी अधिकारीले यातना दिएको, आन्दोलन दबाएको लगायत मानव अधिकार उल्लङ्घन गरेको घटनामा व्यक्ति ‘भेटिङ’मा राखिँदै आएको छ। प्रहरीको मानव अधिकार शाखाको तथ्याङ्कअनुसार व्यक्ति ‘भेटिङ’मा अहिले ९ जना प्रहरी अधिकारीको नाम छ। यो प्रहरीसँग भएको तथ्याङ्क हो। अमेरिकी दूतावासको रेकर्डमा झन् यो भन्दा धेरै संख्या हुनसक्छ।

_x000D_ _x000D_

त्यस्तै संस्था ‘भेटिङ’मा देशभरका ५५ प्रहरी कार्यालय परेका छन्। जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर, महानगरीय प्रहरी वृत, सोह्रखुट्टे, महानगरीय प्रहरी वृत, बौद्ध, कालिमाटी लगायतका प्रहरी कार्यालय छन्। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, मोरङ, सुनसरी, उदयपुर, बाँके, रुपन्देही, सिरहा, धनुषा, सप्तरी, कास्कीलगायत गरी कुल ५५ प्रहरी कार्यालय यस्तो सूचीमा छन्। गत वर्षसम्म २५ प्रहरी कार्यालय मात्रै ‘भेटिङ’को सूचीमा थिए।

_x000D_ _x000D_

‘भेटिङ’को सूचीमा परेका ५५ प्रहरी कार्यालयका प्रहरी अधिकारीले मानव अधिकारको कुनै पनि घटना उल्लङ्घन नगरे पनि स्वतः ‘भेटिङ’मा पर्छन्। जसका कारण अमेरिकी लगानीमा हुने कुनै पनि कार्यक्रमका लागि भन्दै विदेश जान पाउँदैनन्।

_x000D_ _x000D_

यसरी संस्थालाई नै ‘भेटिङ’को सूचीमा राख्नु भनेको दुर्भाग्य भएको पूर्व डिआइजी मल्लको ठहर छ। ‘कुनै एउटा प्रहरी कार्यालयमा बसेका सबै प्रहरी अधिकारीले मानव अधिकार उल्लङ्घन गर्छन् भन्ने छैन।’, पूर्व डिआइजी मल्ल आश्चर्य व्यक्त गर्दै भन्छन्, ‘मानव अधिकार उल्लङ्घन गर्ने प्रहरी अधिकारीलाईसम्म भेटिङमा राख्नु ठिकै हो। यहाँ त संस्थालाई नै कालो सूचीमा राखिएको छ।’
_x000D_ यस विषयमा प्रहरी प्रधान कार्यालयले नै उचित समाधान खोज्नुपर्ने एक प्रहरी अधिकारी बताउँछन्। ‘तीनै प्रहरी कार्यालयमा बसेर काम गर्दा राम्रो गरेको भनेर पुरस्कार पाउने र विदेश जाने बेला अपमान गरेर कालो सूचीमा राख्ने गरेकाले हाम्रो मनोबल घट्छ’, भेटिङमा परेका एक अधिकारीले भने, ‘यस विषयमा प्रहरी प्रधान कार्यालयले नै दूतावाससँग समन्वय गरी समाधान खोज्नुपर्छ।’

_x000D_ _x000D_

‘भेटिङ’ लागू भएपछिका समस्याहरु

_x000D_ _x000D_

‘भेटिङ’मा अमेरिका, बेलायत र युरोपका केही देशले चासो राख्ने गर्दछन्। नेपालका सुरक्षाकर्मीको वृति विकासमा यी देशको ठूलो लगानी छ। तर, ‘भेटिङ’ लागू भएपछि आफ्नो वृति विकासका लागि यी देशले उपलब्ध गराउने तालिम तथा विभिन्न कार्यक्रममा सुरक्षाकर्मी जान पाउँदैनन्। जसका कारण नेपालका सुरक्षाकर्मी मात्रै होइन संगठन नै कमजोर बन्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीको तर्क छ।

_x000D_ _x000D_

त्यसैगरी, प्रहरीको अन्य काम कारबाहीमा पनि यसको प्रत्यक्ष असर पर्ने देखिन्छ। कुनै बल प्रयोग गरेर नियन्त्रण गर्नुपर्ने घटनामा प्रहरी अधिकारीले ‘भेटिङ’को डरले गर्दा बल प्रयोग नगर्दा अप्रिय घटना हुनसक्ने प्रहरी अधिकारी बताउँछन्।

_x000D_ _x000D_

प्रहरीको दैनिक कार्यदेखि अपराध अनुसन्धानसम्म यसको असर पर्छ। ‘भेटिङ’मा पर्ने र भविष्यमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनदेखि विभिन्न तालिममा समेत जान नपाउने भएपछि अनुसन्धानमा खटिन प्रहरी अधिकारीहरु हच्किनेसम्मको स्थिति आउने पूर्व डिआइजी मल्लले बताए। अझ व्यक्ति भन्दा पनि संस्था ‘भेटिङ’ झनै खतरापूर्ण देखिएको उनले दाबी गरे।

_x000D_ _x000D_

६ वर्षदेखि अथक प्रयास, परिणाम शून्य

_x000D_ _x000D_

२०६९ साल भदाैमा आइजिपी भएका कुवेरसिंह रानाको पालामा ‘भेटिङ’को औपचारिक जानकारी प्रहरीले पाएको थियो। ‘भेटिङ’मा प्रहरी कार्यालय नै राखेको पाइएपछि अन्याय भएको भन्दै तत्कालीन आइजिपी रानाले संस्थागत ‘भेटिङ’ हटाउन पहल पनि गरेका थिए।

_x000D_ _x000D_

त्यसबेला प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत ‘भेटिङ’ हटाउन प्रयास गरेको थियो। तत्कालीन गृह सचिव नवीन घिमिरे (हालः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त) मार्फत नेपालस्थित अमेरिकी दूतावासँग पटक-पटक संस्थागत ‘भेटिङ’ हटाउन छलफल भएको थियो। त्यसबेला देखि नै यस्तो व्यवस्था हटाउन पहल सुरु गरेको भनिएपनि प्रहरी प्रधान कार्यालयले अहिलेसम्म ‘भेटिङ’को प्रावधान हटाउन सकेको छैन। ६ वर्षअघिदेखि ‘भेटिङ’ हटाउन पहल गरेको भनिएपनि कार्यालयमा सोपश्चात् ४ आइजिपी शक्तिमा आइसके, तर परिणाम भने शुन्य नै रहेको छ।

_x000D_ _x000D_

यसबारे प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘संस्थागत भेटिङ लाग्नु अन्याय नै हो। यो हटाउनु पर्छ भन्नेमा प्रहरी प्रधान कार्यालय लागिरहेको छ। आइजीसाप पनि यसमा सहमत हुनुहुन्छ।’

_x000D_ _x000D_

केरकारमा हुँदा ‘भेटिङ’मा परेका पूर्व डिआइजी हेमन्त मल्ल संस्थागत ‘भेटिङ’लाई नेपाल भित्र अवैधानिक तरिकाले खडा गरिएको अन्तर्राष्ट्रिय अदालतको संज्ञा दिन्छन्। ‘नेपाल भित्रका इस्युमा नचाहिने बखेडा झिकेर नेपालमै अर्को अन्तर्राष्ट्रिय अदालत खडा गरिएको छ।’, मल्लले केही असुन्तुष्टि मिश्रित विचार पोखे, ‘नेपाल सरकार केही भन्दैन। तर, नेपाली भूमिमै भएको दूतावासले आफ्नो देशमा बनाएको कानुन हाम्रो देशमा जबरजस्ती लादेको छ। यो भन्दा दुःखद सुरक्षाकर्मीका लागि अरु हुन सक्दैन।’ नेपाल सरकारले नै पहल गरेर संस्थागत ‘भेटिङ’ भने खारेज नै गर्नुपर्ने उनको भनाइ छ।

_x000D_ _x000D_

सामान्यतया दूतावासले प्रहरी कार्यालयलाई नै कालो सूचीमा राखेपछि कालोसूचीमा रहेको कार्यालयबाट कार्य सम्पादन गर्नुहुँदैन भन्ने मान्यता हो। तर, कालो सूचीमा पनि त्यही दूतावासले राख्ने र आफैंले कालोसूचीमा राखेको कार्यालयबाट उसले काम भने लिने गरेको छ। यो निकै लज्जाको विषय भएको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सुधा र बब्लुले लिए मन्त्रीको शपथ, विवादका कारण खगेन्द्र र गणपतिलालको रोकियो आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ : अमेरिकाले दियो नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्