• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

५५ वटा प्रहरी कार्यालय अमेरिकी दूतावासको कालोसूचीमा

64x64
नारायण अधिकारी शुक्रबार, असोज ३०, २०८३  ०६:१६
1140x725

काठमाडौं- असोज पहिलो साता अमेरिकी लगानीमा थाइल्यान्डमा प्रहरीको वृति विकास सम्बन्धमा एक कार्यक्रम आयोजना हुँदै थियो। सो कार्यक्रममा सहभागी हुन नेपालका तर्फबाट महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीलाई पठाउने निर्णय भएको पनि थियो। निर्णयअनुरुप नै कार्यक्रमका लागि भन्दै प्रहरी हेडक्वार्टरबाट सबै प्रक्रिया पुरा गरेर थाइल्यान्ड जाने तयारीमा थिए एसपी उप्रेती।

_x000D_ _x000D_

तर, थाइल्यान्ड उड्न केही दिन मात्रै बाँकी रहँदा उनको भिसा स्वीकृत भएन। भिसा नलाग्नुको कारण खोज्दै उनी प्रहरी प्रधान कार्यालय पुगे। मानव अधिकार शाखामा पुगेपछि एसपी उप्रेतीले थाहा पाए, आफू ‘भेटिङ’ (कालोसूची) मा परेको।

_x000D_ _x000D_

कामका सिलसिलामा कुनै मानव अधिकार उल्लङ्घन गरेको रेकर्ड छैन। उप्रेती कार्यालय प्रमुख पनि थिएनन्। कसैलाई यातना पनि दिएका थिएन्न्। तैपनि उप्रेती ‘भेटिङ’मा परे।

_x000D_ _x000D_

एसपी उप्रेती मात्रै होइन, प्रहरी, सेना, सशस्त्र प्रहरी बलका धेरै अधिकारी यस्तै ‘भेटिङ’ आतंकमा परेका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

के हो 'भेटिङ'?

_x000D_ _x000D_

कुवेर सिंह राना आइजिपी भएको बेला डिआइजी पार्वती थापा अमेरिकामा एक कार्यक्रममा भाग लिन जान लागेकी थिइन्। उनलाई अमेरिकी दूतावासले भिसा दिएन। त्यसपछि प्रहरी हेडक्वाटरमा ठूलै हल्लीखल्ली मच्चिएको थियो।

_x000D_ _x000D_

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसबेला प्रहरीको तालिम निर्देशनालयमा कार्यरत थिए अहिले अवकाश प्राप्त डिआइजी हेमन्त मल्ल। नेपाल प्रहरीको पहिलो श्रेणीको अधिकारीलाई भिसा नदिनु गम्भीर विषय भन्दै यसको छानबिन गर्नुपर्ने सुझाव मल्लले आइजिपी रानालाई दिएका थिए।

_x000D_ _x000D_

त्यसपछि एसपी प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समति गठन भयो। समितिले डिआइजी थापालाई अमेरिकी दूतावासले कालो सूचीमा राखेको पत्ता लगाएको थियो। उक्त अनुसन्धानपछि मात्रै नेपाल प्रहरीले ‘भेटिङ’ भन्ने शब्द थाहा पाएको थियो।

_x000D_ _x000D_

उनलाई ‘भेटिङ’मा राख्नुको कारणबारे दूतावासले जवाफ फर्काएको थियो– ‘विमानस्थलमा एक महिलालाई कुटेको समाचार बाहिर आएको थियो। त्यसैले भेटिङमा राखियो।’

_x000D_ _x000D_

थापालाई समाचारकै आधारमा ‘भेटिङ’मा राखिएको थियो। जबकी महिलालाई कुटेको भन्ने कुरा अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन।

_x000D_ _x000D_

अमानवीय व्यवहार, बेपत्ता बनाउने, आन्दोलनमा दमन, हिरासतमा यातना, कुटपिटलगायत मानव अधिकार उल्लङ्घन गरेको पाइएपछि सुरक्षाकर्मीलाई विदेश भ्रमणमा जान बन्देज लगाउनु ‘भेटिङ’ भनिन्छ। ‘भेटिङ’मा परेका सुरक्षा अधिकारीहरु विदेशमा हुने तालिम, युएन मिसन लगायतमा जान समेत पाउँदैनन्।

_x000D_ _x000D_

अमेरिकाले आफ्नो देशले सैन्य सहयोग प्रदान गर्ने देशहरुमा मानव अधिकार उल्लङ्घनका घटना भए अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गर्न सकिने व्यवस्था गरेसँगै नेपाली सुरक्षाकर्मी पनि ‘भेटिङ’को मारमा पर्ने गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। नागरिकसँग प्रत्यक्ष्य सम्बन्ध रहने भएकाले यसबाट सबैभन्दा पीडित नेपाल प्रहरी पर्ने गरेको छ।

_x000D_ _x000D_

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संघसंगठनले मानव अधिकार उल्लङ्घन गरेका सुरक्षाकर्मीका नाम अमेरिकी दूतावासलाई उपलब्ध गराउँदै आएका छन्। उनीहरुले पठाएको रिपोर्ट र समाचारका आधारमा ‘भेटिङ’मा राखिँदै आएको छ।

_x000D_ _x000D_

‘भेटिङ’को जानकारीसम्म दिँइदैन, क्रस चेक बिनै कालोसूचीमा

_x000D_ _x000D_

‘भेटिङ’मा को–को परेका छन् भन्नेसम्म प्रहरी अधिकारीलाई जानकारी नदिने गरिएको प्रहरीको मानव अधिकार शाखाका डिएसपी दीपक पोखरेलले बताए। ‘को भेटिङमा परेको छ भन्ने केही पनि थाहा हुँदैन। जब विदेश जाने बेलामा भिसा लाग्दैन, अनि सोधपुछ गरेपछि भेटिङ भन्ने थाहा हुन्छ’, उनले भने।

_x000D_ _x000D_

यसको उदाहरणको रुपमा भर्खरै थाइल्यान्ड जानबाट रोकिएका एसपी उप्रेती, डिआइजी पार्वती थापा, लाइबेरिया मिसनबाट ३ महिनामै फर्काइएका एसपी वसन्त कुँवरलाई लिन सकिन्छ। युएनएचसीआर, ओएचसीएचआर, एड्भोकेसी फोरम, एसियन ह्युमन राइट्स कमिसन, तराई ह्युमन राइट्स डिफेन्स एलायन्स लगायत संस्थाले पठाएको व्यक्तिको नाम ‘भेटिङ’ लिस्टमा राखिन्छ।

_x000D_ _x000D_

त्यसैगरी, सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर पनि ‘भेटिङ’को सूचीमा राखिँदै आएको छ। यी अन्तर्राष्ट्रिय संस्थाहरुले पठाएका सुरक्षाकर्मीका नाम र समाचारमा उल्लेख भएका व्यक्तिका बारेमा ‘क्रस चेक’सम्म नगरी ‘भेटिङ’को सूचीमा राख्ने गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

_x000D_ _x000D_

मानव अधिकार उल्लङ्घन नै गरेको भए मानव अधिकार आयोगले छानबिन गरेपछि दोषी देखिएपछि मात्रै ‘भेटिङ’मा राख्नु पर्ने हो। तर, त्यस्तो नहुने गरको प्रहरी अधिकारीको गुनासो छ। यसरी ‘भेटिङ’मा राखेपछि सम्बन्धित व्यक्ति वा संगठन, कसैलाई पनि यसबारे जानकारी दिइँदैन। ‘भेटिङ’ सूचीमा परेपछि कुनै पनि अधिकारीले अमेरिका, युरोप लगायतका देश र अमेरिकाको लगानीमा हुने कुनै पनि कार्यक्रममा जानसमेत पाउँदैनन्।

_x000D_ _x000D_

५५ वटा प्रहरी कार्यालय कालोसूचीमा

_x000D_ _x000D_

अमेरिकाले दुई किसिमले ‘भेटिङ’ सूची राख्दै आएको छ। एउटा, संस्था ‘भेटिङ’ र अर्को व्यक्ति ‘भेटिङ’। कुनै प्रहरी अधिकारीले यातना दिएको, आन्दोलन दबाएको लगायत मानव अधिकार उल्लङ्घन गरेको घटनामा व्यक्ति ‘भेटिङ’मा राखिँदै आएको छ। प्रहरीको मानव अधिकार शाखाको तथ्याङ्कअनुसार व्यक्ति ‘भेटिङ’मा अहिले ९ जना प्रहरी अधिकारीको नाम छ। यो प्रहरीसँग भएको तथ्याङ्क हो। अमेरिकी दूतावासको रेकर्डमा झन् यो भन्दा धेरै संख्या हुनसक्छ।

_x000D_ _x000D_

त्यस्तै संस्था ‘भेटिङ’मा देशभरका ५५ प्रहरी कार्यालय परेका छन्। जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर, महानगरीय प्रहरी वृत, सोह्रखुट्टे, महानगरीय प्रहरी वृत, बौद्ध, कालिमाटी लगायतका प्रहरी कार्यालय छन्। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, मोरङ, सुनसरी, उदयपुर, बाँके, रुपन्देही, सिरहा, धनुषा, सप्तरी, कास्कीलगायत गरी कुल ५५ प्रहरी कार्यालय यस्तो सूचीमा छन्। गत वर्षसम्म २५ प्रहरी कार्यालय मात्रै ‘भेटिङ’को सूचीमा थिए।

_x000D_ _x000D_

‘भेटिङ’को सूचीमा परेका ५५ प्रहरी कार्यालयका प्रहरी अधिकारीले मानव अधिकारको कुनै पनि घटना उल्लङ्घन नगरे पनि स्वतः ‘भेटिङ’मा पर्छन्। जसका कारण अमेरिकी लगानीमा हुने कुनै पनि कार्यक्रमका लागि भन्दै विदेश जान पाउँदैनन्।

_x000D_ _x000D_

यसरी संस्थालाई नै ‘भेटिङ’को सूचीमा राख्नु भनेको दुर्भाग्य भएको पूर्व डिआइजी मल्लको ठहर छ। ‘कुनै एउटा प्रहरी कार्यालयमा बसेका सबै प्रहरी अधिकारीले मानव अधिकार उल्लङ्घन गर्छन् भन्ने छैन।’, पूर्व डिआइजी मल्ल आश्चर्य व्यक्त गर्दै भन्छन्, ‘मानव अधिकार उल्लङ्घन गर्ने प्रहरी अधिकारीलाईसम्म भेटिङमा राख्नु ठिकै हो। यहाँ त संस्थालाई नै कालो सूचीमा राखिएको छ।’
_x000D_ यस विषयमा प्रहरी प्रधान कार्यालयले नै उचित समाधान खोज्नुपर्ने एक प्रहरी अधिकारी बताउँछन्। ‘तीनै प्रहरी कार्यालयमा बसेर काम गर्दा राम्रो गरेको भनेर पुरस्कार पाउने र विदेश जाने बेला अपमान गरेर कालो सूचीमा राख्ने गरेकाले हाम्रो मनोबल घट्छ’, भेटिङमा परेका एक अधिकारीले भने, ‘यस विषयमा प्रहरी प्रधान कार्यालयले नै दूतावाससँग समन्वय गरी समाधान खोज्नुपर्छ।’

_x000D_ _x000D_

‘भेटिङ’ लागू भएपछिका समस्याहरु

_x000D_ _x000D_

‘भेटिङ’मा अमेरिका, बेलायत र युरोपका केही देशले चासो राख्ने गर्दछन्। नेपालका सुरक्षाकर्मीको वृति विकासमा यी देशको ठूलो लगानी छ। तर, ‘भेटिङ’ लागू भएपछि आफ्नो वृति विकासका लागि यी देशले उपलब्ध गराउने तालिम तथा विभिन्न कार्यक्रममा सुरक्षाकर्मी जान पाउँदैनन्। जसका कारण नेपालका सुरक्षाकर्मी मात्रै होइन संगठन नै कमजोर बन्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीको तर्क छ।

_x000D_ _x000D_

त्यसैगरी, प्रहरीको अन्य काम कारबाहीमा पनि यसको प्रत्यक्ष असर पर्ने देखिन्छ। कुनै बल प्रयोग गरेर नियन्त्रण गर्नुपर्ने घटनामा प्रहरी अधिकारीले ‘भेटिङ’को डरले गर्दा बल प्रयोग नगर्दा अप्रिय घटना हुनसक्ने प्रहरी अधिकारी बताउँछन्।

_x000D_ _x000D_

प्रहरीको दैनिक कार्यदेखि अपराध अनुसन्धानसम्म यसको असर पर्छ। ‘भेटिङ’मा पर्ने र भविष्यमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनदेखि विभिन्न तालिममा समेत जान नपाउने भएपछि अनुसन्धानमा खटिन प्रहरी अधिकारीहरु हच्किनेसम्मको स्थिति आउने पूर्व डिआइजी मल्लले बताए। अझ व्यक्ति भन्दा पनि संस्था ‘भेटिङ’ झनै खतरापूर्ण देखिएको उनले दाबी गरे।

_x000D_ _x000D_

६ वर्षदेखि अथक प्रयास, परिणाम शून्य

_x000D_ _x000D_

२०६९ साल भदाैमा आइजिपी भएका कुवेरसिंह रानाको पालामा ‘भेटिङ’को औपचारिक जानकारी प्रहरीले पाएको थियो। ‘भेटिङ’मा प्रहरी कार्यालय नै राखेको पाइएपछि अन्याय भएको भन्दै तत्कालीन आइजिपी रानाले संस्थागत ‘भेटिङ’ हटाउन पहल पनि गरेका थिए।

_x000D_ _x000D_

त्यसबेला प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत ‘भेटिङ’ हटाउन प्रयास गरेको थियो। तत्कालीन गृह सचिव नवीन घिमिरे (हालः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त) मार्फत नेपालस्थित अमेरिकी दूतावासँग पटक-पटक संस्थागत ‘भेटिङ’ हटाउन छलफल भएको थियो। त्यसबेला देखि नै यस्तो व्यवस्था हटाउन पहल सुरु गरेको भनिएपनि प्रहरी प्रधान कार्यालयले अहिलेसम्म ‘भेटिङ’को प्रावधान हटाउन सकेको छैन। ६ वर्षअघिदेखि ‘भेटिङ’ हटाउन पहल गरेको भनिएपनि कार्यालयमा सोपश्चात् ४ आइजिपी शक्तिमा आइसके, तर परिणाम भने शुन्य नै रहेको छ।

_x000D_ _x000D_

यसबारे प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘संस्थागत भेटिङ लाग्नु अन्याय नै हो। यो हटाउनु पर्छ भन्नेमा प्रहरी प्रधान कार्यालय लागिरहेको छ। आइजीसाप पनि यसमा सहमत हुनुहुन्छ।’

_x000D_ _x000D_

केरकारमा हुँदा ‘भेटिङ’मा परेका पूर्व डिआइजी हेमन्त मल्ल संस्थागत ‘भेटिङ’लाई नेपाल भित्र अवैधानिक तरिकाले खडा गरिएको अन्तर्राष्ट्रिय अदालतको संज्ञा दिन्छन्। ‘नेपाल भित्रका इस्युमा नचाहिने बखेडा झिकेर नेपालमै अर्को अन्तर्राष्ट्रिय अदालत खडा गरिएको छ।’, मल्लले केही असुन्तुष्टि मिश्रित विचार पोखे, ‘नेपाल सरकार केही भन्दैन। तर, नेपाली भूमिमै भएको दूतावासले आफ्नो देशमा बनाएको कानुन हाम्रो देशमा जबरजस्ती लादेको छ। यो भन्दा दुःखद सुरक्षाकर्मीका लागि अरु हुन सक्दैन।’ नेपाल सरकारले नै पहल गरेर संस्थागत ‘भेटिङ’ भने खारेज नै गर्नुपर्ने उनको भनाइ छ।

_x000D_ _x000D_

सामान्यतया दूतावासले प्रहरी कार्यालयलाई नै कालो सूचीमा राखेपछि कालोसूचीमा रहेको कार्यालयबाट कार्य सम्पादन गर्नुहुँदैन भन्ने मान्यता हो। तर, कालो सूचीमा पनि त्यही दूतावासले राख्ने र आफैंले कालोसूचीमा राखेको कार्यालयबाट उसले काम भने लिने गरेको छ। यो निकै लज्जाको विषय भएको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्