काठमाडौं– पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ।
युवराज पौडेल (सफल)ले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन्।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले केही दिनअघि कर्तव्य ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो। सो फैसला सुनाउन न्यायाधीशद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जन संलग्न थिए।
पौडेलको मागअनुसार, आलमलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत र त्यसलाई उल्टाउने उच्च अदालतका आदेशहरूको विस्तृत अध्ययन गरी न्याय परिषद्ले आवश्यक निर्णय लिनुपर्ने उल्लेख छ।
न्याय परिषद्का अधिकारीहरूले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, सफलले भने आफूले उजुरी दिएको पुष्टि गर्दै यसबारे छानबिन हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।