काठमाडौँ–राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन र थुनछेक गर्न इजलास तोकिएको छ।
दुर्गा प्रसाईं सहित ५० जनाको बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा हुने भएको छ। राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुनेछ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुने भएको छ। ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।