काठमाडौं– नेपाली फिल्म बजारमा शुक्रबारबाट फिल्म ‘निर्जला’ प्रदर्शनमा आएको छ। हप्तैपिच्छे २ देखि ४ वटासम्म फिल्मको भीड लाग्ने नेपाली बजारमा यो साता भने फिल्म ‘निर्जला’मात्र प्रदर्शनमा आएको हो।
_x000D_
_x000D_
यो साताका लागि फिल्मले सोलो प्रदर्शनको मौका पाएपनि क्यूएफएक्स हलहरूमा भने प्रवेश गर्न पाएको छैन। यसअघि नै प्रदर्शनमा आएका फिल्म ‘कथा काठमाडौं’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘अनुराग’, ‘सुई धागा’लगायत प्रदर्शरत छन्।
_x000D_
_x000D_
राजु गिरीको निर्देशन तथा प्रकाश चन्द्र न्यौपानेको निमार्णमा बनेको फिल्ममा किशोर खतिवडा र शुभेक्षा थापा मुख्य भूमिकामा छन्।
_x000D_
_x000D_
यससँगै फिल्ममा निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट लागायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
ग्रामीण परिवेशको कथावस्तु उठाइएको फिल्म ‘निर्जला’लाई रवि कोइरालाले छायांकन गरेका हुन्।
_x000D_
_x000D_
यससँगै नेपाली हलमा यसैसाताबाट बलिउड फिल्म ‘अन्धुम’ र हलिउड फिल्म ‘भेनम’ पनि प्रदर्शनमा आएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।