कठमाडौं– लागू औषध मुद्दामा १० वर्ष जेल बसेर छुटेका एक व्यक्तिसहित दुई जनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको छ।
_x000D_
_x000D_
लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौंबाट ५ हजार १ सय २६ एम्पुल लागू औषधसहित दुई जनालाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौं बस्ने ४५ वर्षीय अरुण थापा र भोजपुरको षडानन्द नगरपालिका–११ घर भएका २४ वर्षीय अम्बरबहादुर राई छन्।
_x000D_
_x000D_
पक्राउ परेका अरूण थापा लामो समयदेखि भारतबाट औषधीजन्य मनोद्दिपक पदार्थ काठमाडाैं भित्राई यसको अवैध कारोबारमा सक्रिय रहेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
उनलाई यसभन्दा अघि ब्यूरोले २०६३ असार १ गते ४४ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो।
_x000D_
_x000D_
उक्त मुद्दामा उनी १० वर्ष कैद र ८० हजार जरिवाना भई २०७३ साल माघमा महिनामा छुटेका व्यक्ति हुन्।
_x000D_
_x000D_
उनीहरुको साथबाट डाइजापाम, फेनारगन र बु्रफिन गरी ५ हजार १ सय २६ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।