ललितपुर– ललितपुरमा गाउँपालिका प्रमुखकै नेतृत्वमा प्रहरी चौकी तोडफोड भएकाे छ।
_x000D_
_x000D_
ललितपुरको महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालको नेतृत्वमा ईलाका प्रहरी कार्यालय टुंगुन बडिखेलको प्रहरी कार्यालय तोडफोड भएको महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिए।
_x000D_
_x000D_
गएराति भारतको बिहार घर भएका १७ वर्षीय बब्लु माझीले महांकालकै एक १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको भन्दै स्थानीयले पक्राउ परेर टुंगुन प्रहरी कार्यालय पुर्याएका थिए।
_x000D_
_x000D_
माझी विगत एक महिनादेखि महांकालमै बसेर ग्रिलको काम गर्दै आएका थिए। प्रहरी कार्यालय पुर्याइएका माझीमाथि प्रहरीले सोधपुछ गर्ने क्रममा उनले आफूलाई लागेको आरोप अस्विकार गरेका थिए।
_x000D_
_x000D_
त्यसैबेला महांकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले आरोपित माझीलाई कुटेको डिएसपी खिउजुले बताए।
_x000D_
_x000D_
गाउँपालिका प्रमुखले कुट्न थालेपछि झण्डै एकसय जनाको हाराहारीमा प्रहरी कार्यालय पुगेका अन्य गाउँलेले पनि माझीलाई कुट्न थालेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
माझीको जिउको नै असुरक्षा हुन थालेपछि प्रहरीले उनलाई चौकीभित्र थुनेको थियो। चौकी पुगेका स्थानीयले भने प्रहरीले बलात्कारीलाई जोगाउन खोज्यो भन्दै नाराबाजी गरेर चौकी नै तोडफोड गरेको डिएसपी खिउजुले जानकारी दिए।
_x000D_
_x000D_
तोडफोडबाट प्रहरी कार्यालर्यको प्रतिक्षालयमा क्षति पुगेको छ। प्रहरीको बोर्ड, चौकीका झ्याल ढोका, प्रहरी सुत्ने खाट समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
तर महांकाल गाउँपालिका प्रमुखले रामचन्द्र दाललले भने चौकी तोडफोडको बारेमा आफूलाई कुनै जानकारी नै नभएको दाबी गरे । नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कुन प्रहरीले भन्यो उसैलाई थाहा होला, चाैकी तोडफोडको घटना मलाई केही थाहा छैन।’
_x000D_
_x000D_
झ्याल ढोका नै तोडफोड गरेपछि आरोपित माझी त्यसैबेला फरार भएका थिए। त्यसपछि झनै प्रहरीले बलात्कारीलाई भगायो भन्दै नाराबाजी गर्दै स्थानीयले चौकीमाथि आक्रमण गरेका थिए।
_x000D_
_x000D_
स्थानीयले चौकीको लाइनसमेत काटिदिएकाले अहिले चौकीको विद्युत आपूर्ति समेत ठप्प भएको डिएसपी खिउजुले बताए।
_x000D_
_x000D_
चाैकी तोडफोड भएपछि चापागाउँबााट थप प्रहरी टोली घटनास्थल गएको थियो।
_x000D_
_x000D_
फरार भएका माझीलाई अहिले प्रहरीले ९ बजे महांकालबाटै पक्राउ गरेर मानगरीय प्रहरी वृत चापागाउँ ल्याउँदै गरेको डिएसपी खिउजुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।