काठमाडौं– युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लबद्वय चेल्सी र आर्सनलले जित हात पारेका छन्।
_x000D_
_x000D_
बिहीबार राति भएको समूह 'एल'को खेलमा चेल्सीले हंगेरियन च्याम्पियन मोल भिडीलाई १–० गोलले हरायो। चेल्सीको जितमा अल्भारो मोटाराले ७० मिनेटमा गोल गरे।
_x000D_
_x000D_
समूह 'इ' को खेलमा आर्सनलले एफके क्वारावागलाई ३–० गोलले हरायो। उसका लागि पापास्ताथोपोएलोस चौथो मिनेटमा, स्मिथ रोउले ५३ र गुइन्डोउजीले ७९ मिनेटमा गोल गरे।
_x000D_
_x000D_
अन्य खेलमा सल्लवर्गले सेल्टिकलाई ३–१, वायर लिभरकुजेनले लार्नाकालाई ४–२ र एसि मिलानले ओलम्पिकोसलाई ३–१ ले हराए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।