ढाका– बङ्लादेशको एउटा उच्च अदालतले पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ।
_x000D_
_x000D_
भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी भएकी जिया लामो समयदेखि बिरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार सरकारलाई आदेश दिएको हो।
_x000D_
_x000D_
न्यायाधीश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको अधिकारीले जनाएका छन्।
_x000D_
_x000D_
पूर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए।
_x000D_
_x000D_
केही हप्ता पहिले नेतृ जियाले आफू अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बता बताएकी थिइन्। त्यसपछि उनका समर्थक थप आक्रोसित भएका थिए।
_x000D_
_x000D_
पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षकी जिया कारागार भित्र ह्लिचियरबाट आवात जावत गर्ने गर्ने गरेकाे देखिएकाे थियाे।
_x000D_
_x000D_
अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएका थिए। उनले केही हप्ता पहिलो भनेकी थिइन्, 'मैले न्याय पाउँदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर।'
_x000D_
_x000D_
उनले थपेकी थिइन्, 'तिमीहरूले जस्तो चाहन्छौ, त्यस्तैगरी मलाई कारबाही गर्न सक्छौ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ।'
_x000D_
_x000D_
बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको बताउँदै आएका छन्।


_x000D_
_x000D_
बच्चाहरूका लागि विश्वभरबाट संकलन गरिएको बाल विकाससम्बन्धी एककोषको १ करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो।
_x000D_
_x000D_
अदालतले नेत्री जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।