काठमाडौं– फिल्म ‘प्रेमलिला’को 'फस्ट लुक' सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'फस्ट लुक' सार्वजनिक गरिएको हो।
_x000D_
_x000D_
अन्तरदेशीय प्रेम कथामा आधारित फिल्मको 'फस्ट लुक'मा अभिनेत्री दिपशिखा खड्काको मुण्डन रुप देखाइएको छ। यससँगै निर्माण युनिटले पोष्टरसहित फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म आउँदो माघ २५ बाट प्रदर्शनमा आउने छ।
_x000D_
_x000D_
फिल्ममा खड्कासँगै भारतीय कलाकार अली खान, मौसम खड्कालगायतको अभिनय छ। कलाकार खान भारतबाट नेपालमा घुम्न आएको पर्यटकको रुपमा देखिने छन्। उही पर्यटक र नेपाली किशोरीबीचको प्रेम कथानै फिल्मको मुख्य विषयवस्तु रहेको दिपशिखाले जानकारी गराइन्।
_x000D_
_x000D_
उनले कार्यक्रममा आफ्नो असफल फिल्म यात्राको यथार्थ ओकल्दै भनिन्, ‘मैले यस अघि धेरै फिल्ममा अभिनय गरेँ तर कुनै पनि सफल भएनन्। त्यसैले यो प्रेमलिला नै मेरो डेव्यु फिल्म हो।’
_x000D_
_x000D_
आफ्नो करियरमा कुनैपनि फिल्मले सफलता हात नपारे पनि उनले आफूलाई फिल्मको नसा लागेकोले यस क्षेत्रमा रहिरहेकाे बताइन्। भनिन्, ‘मलाई फिल्म मेकिङमा नसा लागेको छ, त्यसैले निर्माण गर्न भने छोड्दिन। तर, केही वर्षको अन्तराल भने रहनसक्छ। किनकी केही वर्ष कमाउँदै फिल्म बनाउनु पर्ने रहेछ।’
_x000D_
_x000D_
‘प्रेमलिला’को पहिलाे पोष्टर:
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।