राजकोट– वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा डेब्यू गरेका भारतका पृथ्वी सा डेब्यू खेलमै शतक प्रहार गर्ने विश्वका चौथो कान्छा खेलाडी बनेका छन्। उनले बिहीबार राजकोटमा सुरु भएको टेस्टमा ९९ बलमा शतक प्रहार गरे। उनले शतक बनाउन १५ चौका हिर्काए।
_x000D_
_x000D_
बिहीबार १८ वर्ष ३२९ दिन उमेर भएका सा भारतका लागि डेब्यूमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै डेब्यूमै उनी अर्धशतक प्रहार गर्ने भारतका कान्छा खेलाडी पनि बने। यसअघि सचिन तेन्दुल्कर र पार्थिव पटेलले पनि टिनएजमै टेस्ट अर्धशतक बनाएका थिए। तर दुवै खेलाडीले डेब्यूमा अर्धशतक बनाउन भने सकेका थिएनन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
डेब्यूमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी भने बंगलादेशका मोहमद अस्रफुल हुन्। उनले १७ वर्ष ६१ दिनमा शतक प्रहार गरेका थिए। जिम्बावेका हामिल्टन मासाकाड्जा र पाकिस्तानका सलिम मलिकाले पनि डेब्यू टेस्टमै शतक बनाएका थिए। तीन जना खेलाडी नै पृथ्वी भन्दा कम उमेरका थिए। पृथ्वी डेब्यू टेस्टमा शतक प्रहार गर्ने चौथो कान्छ बने।
_x000D_
_x000D_
सा डब्यूमा शतक प्रहार गर्ने १५औं भारतीय खेलाडी बने। पछिल्लो पटक सन् २०१३ मा रोहित शर्माले डेब्यू टेस्टमा शतक हानेका थिए।
_x000D_
_x000D_
सा समग्रमा टेस्टमा सतक प्रहार गर्ने सातौै कान्छा खेलाडी बने। सा भन्दा कम उमेरमा पाकिस्तानका ३ खेलाडीले शतक प्रहार गरेका थिए। यस्तै भारतकै सचिन तेन्दुल्कर टेस्टमा शतक बनाउने तेस्रा कान्छा खेलाडी हुन्।
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।