एजेन्सी– फिल्म ‘स्त्री’को सफलतापछि अभिनेत्री श्रद्धा कपुर अभिनित फिल्म ‘बत्ती गुल मिटर चालु’ यतिबेला प्रदर्शनमा छ। त्यसपछि उनी भारतीय ब्याडमिन्टन खेलाडी सायन नेहवालको जीवनमा आधारित फिल्ममा काम गरिरहेकी छिन्।
_x000D_
_x000D_
यतिबेला भने उनी डेंगु रोगको संक्रमणमा परेकी छन्।
_x000D_
_x000D_
सुटिङ सेटमा अस्वस्थ भएपछि गत सेप्टेम्बर २७ बाट छायांकन स्थगित गरेर उनी चेकअपका लागि अस्पताल पुगेकी थिइन्। उनलाई डेंगुको संक्रमण भएको खुल्न आएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। श्रद्धा हालै डाक्टरको सल्लाह अनुसार आराम गरिरहेकी छन्।
_x000D_
_x000D_
श्रद्धाकै कारणले रोकिएको फिल्मको छायांकन पुनः सुरु भएको छ तर उनको अभावमा। यतिबेला खेलाडी साइनाको बाल्यकालका दृश्यका लागि बाल कलाकारका साथ छायांकन भइरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।