काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। साेमबार नेप्से ९.६२ अंकले गिरावट आएको हो।
यो गिरावटसँगै नेप्से परिसूचक २६१०.७६ विन्दुमा झरेको छ।
चार वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार रकम औसतमा केही घटेको हो।
आज ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ७६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।