पर्वत- युवती बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ।
_x000D_
_x000D_
क्षेत्रीसहित अन्य युवालाई २०७४ चैत १५ गते बागलुङको चैते दसैं मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।
_x000D_
_x000D_
कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी संघबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो। क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी ५ वर्ष र सांगठनिक अपराधमा संलग्न रहेको ठहर गरी ५ वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको हो।
_x000D_
_x000D_
क्षेत्रीसहित पक्राउ परेका २ बालकहरूको उमेर नपुगेका कारण एक जनालाई ५ वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ। अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।