भियतनाम– भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन्। बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी मात्रै एक्लै उम्मेदवार बनेको समाचारमा जनाइएको छ। भियतनाममा उनलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ।
_x000D_
_x000D_
कम्युनिष्ट पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने निर्णय गरेपछि उहाँले उम्मेदवारी दर्ता गरेका हुन्। उनलाई तत्कालीन राष्ट्रपति डाई क्वाङको एक महिना अगाडि निधन भएपछि उम्मेदबार बनाउने घोषणा गरिएको थियो।
_x000D_
_x000D_
'उनलाई राष्ट्रपतिको उम्मेदबार बनाउने विषयमा पार्टीको केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेको थियो,' पार्टीको आधिकारीक वेबसाइटमा लेखिएको छ।
_x000D_
_x000D_
देशको राष्ट्रियसभाले उनको उम्मेदवारीलाई स्वतः अनुमोदन गर्ने अपेक्षा गरिएको छ।
_x000D_
_x000D_
लामो राजनीतिक यात्रा गरेका ट्रोङ अहिले ७४ वर्षको भएका छन् भने उनले मुलुकलाई नयाँ तरिकाले अगाडि बढाउने कम्युनिष्ट पार्टीको विश्वास छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।