इस्तानबुल– टर्कीको राजधानी इस्तानबुलमा एउटा सानो ट्रकमा सवार रहेका ४२ जना गैरकानूनी पाकिस्तानी आप्रवासीलाई टर्कीज प्रहरीले कब्जामा लिएको छ।
_x000D_
_x000D_
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शरणार्थीले भरिएको बागसिलार जिल्लामा एक सवारी साधनमा आएका ती आप्रवासीलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
त्यसैगरी अर्को एक छुट्टै समाचारका अनुसार प्रहरीले गैरकानुनी रुपमा देशभित्र प्रवेश गरेका अफगान र पाकिस्तानी गरी १ सय ४० जनालाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
ती सबै गैरकानुनी रुपमा प्रवेश गरेका अफगान र पाकिस्तानीहरु टर्कीको पूर्वी प्रान्त भ्यानमा फेला परेका हुन् । (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।