बझाङ– बझाङको तल्कोट गाँउपालिका–१, सुनीकोटले मादक तथा सुर्तीजन्य पदार्थ सेवन र किनबेचमा बालबालिकाहरुलाई प्रयोग गर्न नपाइने निर्णय गरेको छ। वडाध्यक्ष गोपाल धामीको अध्यक्षतामा बसेको वडास्तरीय बैठकले बालबालिकाहरुलाई कुनै पनि अभिभावकले मादक तथा सुर्तीजन्य पदार्थ खरिद बिक्रि गर्ने कार्यमा संलग्न नगराउन आग्रह गरेको हो।
_x000D_
_x000D_
वडामा रहेका समाजसेवी, बुद्धिजीवी, महिला तथा जनाप्रतिनिधिहरुको भेलाले यस्तो निर्णय गरेको हो। समाजसेवी तथा बुद्धिजीवी प्रेम धमेनाको अध्यक्षतामा ९ सदस्यीय मदिरा नियन्त्रण समितिसमेत गठन गरिएको छ।
_x000D_
_x000D_
मदिराका कारण महिला तथा बालबालिकामाथि हिंसा बढेको भन्दै यस्तो कदम चालिएको नियन्त्रण समितिका अध्यक्ष धमेनाले बताए। बालबालिकालाई कुनै पनि अभिभावकले मदिरा तथा सुर्तीजन्य पदार्थको किनबेचमा संलग्न गराएको पाइएको खण्डमा पहिलो पटक सम्झाई–बुझाई गर्ने र दोस्रो पटक ५ सय रुपैयाँ जरीवाना गर्ने निर्णय गरिएको धमेनाले जानकारी दिए।
_x000D_
_x000D_
यस्तै, समितिले मदिरा पसल भएका व्यक्तिहरुले साँझ ५ बजे देखि बेलुका ८ बजेसम्म मात्रै बिक्रि गर्न पाउने व्यवस्था गरेको छ। ‘यदि यस निर्णय विपरीत गए पहिलो पटक ५ सय रुपैयाँ जरीवाना र घटना दोहोरिएको खण्डमा प्रत्येक पटक दोब्बर जरीवाना गरिनेछ।’, समितिका सचिव कुबेर थापाले जानकारी दिए।
_x000D_
_x000D_
उपभोक्ताको घरमा आएर मदिराको रकम असुल्न खोजे त्यस्ता व्यवसायीलाई पनि कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको थापाको भनाइ छ। यस्तै, मदिरा पिएर हो–हल्ला गर्ने जो कोहीलाई पनी पहिलो पटक भए २ हजार ५ सय र पटकै पिच्छे दोब्बर र सरकारी जागिरे तथा जनप्रतिनिधिहरुको हकमा पहिलो पटक ३ हजार रुपैयाँ र पटकै पिच्छे दोब्बर जरिवाना गर्ने निर्णय भएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।