काठमाडौं – आज २०७२ सालमा गएको महाभूकम्पको स्मृति दिवसका अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रम गरिएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । त्यसकै सम्झनामा आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा स्मरण गरिएको छ ।
शुक्रबार बिहान ललितपुर महानगरपालिकाको पहलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । बिहानै पाटन दरबार स्क्वायर क्षेत्रमा र्यालीसहितका कार्यक्रमहरु गरिएको छ ।
२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।
भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पबाट गोरखा, सिन्धुपाल्चोक सहित काठमाडौँ उपत्यका सबैभन्दा बढि प्रभावित भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।