काठमाडौं- काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। उनी बुधबार दिउँसो साढे २ बजेको आसपासमा अपहरणमा परेका हुन्। उनी ७/८ वर्ष उमेरका रहेको प्रहरीले प्रारम्भिक जानकारी पाएको बताएको छ।
_x000D_
_x000D_
बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ।
_x000D_
_x000D_
बच्चाको नाम खुलेको छैन। उनलाई तेज विनायक स्कुल नजिकबाट तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ। बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।