नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले बुधबार ‘यूएनईपी च्याम्पियन अफ द अर्थ अवार्ड’बाट सम्मानित गरेका छन्। भारतको नयाँ दिल्लीमा एक कार्यक्रमबीच प्रधानमन्त्री मोदीलाई उक्त सम्मान प्रदान गरिएको हो।
_x000D_
_x000D_
भारतीय प्रधानमन्त्री मोदीले उक्त सम्मानका लागि यूएनलाई धन्यवाद ज्ञपान गरेका छन्। पर्यावरण बचाउने काममा भारतले चालेको कदमको प्रशंसा गर्दै यूएनले सो सम्मान भारतका प्रधानमन्त्रीलाई दिएका हो।
_x000D_
_x000D_
भारतसँगै फ्रान्सलाई पनि यो सम्मान प्रदान गरिएको छ। मोदीलाई जस्तै यूएनले फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोनलाई पनि सो सम्मान प्रदान गरेको हो। पर्यावरण बचाउन लिएको नीतिको प्रशंसा गर्दै दुबै देशलाई सम्मान प्रदान गरिएको हो।
_x000D_
_x000D_
भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० सम्म भारतबाट एक पटक मात्रै उपयोग हुने प्लास्टिक प्रतिबन्ध गर्ने नीतिलाई महत्वका साथ हेरिएको छ। ‘च्याम्पियन अफ द अर्थ अवार्ड’ संयुक्त राष्टसंघको प्रतिष्ठित अवार्ड हो। एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।