काठमाडौँؘؘ - आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा खेल अपराह्न सवा १२ बजे खे हुनेछ।
_x000D_
_x000D_
नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो। छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यही असोज २६ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्ड सहभागी छन् । राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् ।
_x000D_
_x000D_
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शिर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
_x000D_
_x000D_
_x000D_
नेपाली टिम
_x000D_
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
_x000D_
_x000D_
पहिलो चरणको छनोटमा नेपालको खेल
_x000D_
असोज १७– नेपाल भर्सेस म्यानमार
_x000D_
असोज २०– नेपाल भर्सेस मलेसिया
_x000D_
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
_x000D_
असोज २३ – नेपाल भर्सेस भुटान
_x000D_
असोज २४– नेपाल भर्सेस चीन
_x000D_
असोज २६– नेपाल भर्सेस सिंगापुर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।