बेंशीशहर– बङ्गलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव)मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ।
_x000D_
_x000D_
भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो।
_x000D_
_x000D_
‘आदि इत्यादि’का अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन हुने छ। नेपाली नाटकको प्रतिनिधित्व गर्दै ‘आदि इत्यादि’को ब्यानरमा ‘नौगेडी’ मञ्चन हुनेछ। नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन्। उनका अनुसार नाटक मञ्चनका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ।
_x000D_
_x000D_
भारतको कलकत्तामा केही महीनाअघि आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी बङ्गलादेशका टोलीको सिफारिसमा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा निमन्त्रणा गरिएको डा थापाले बताए।
_x000D_
_x000D_
महोत्सवमा नेपालसँगै भारत, बङ्गलादेश, भूटानलगायत विभिन्न देशका नाटक मञ्चन हुने आयोजकले जनाएको छ। गत फागुनमा कलकत्तामा आयोजित महोत्सवमा ‘आदि इत्यादि’ र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन तथा निर्देशनमा बनेको नाटक ‘पानीघट्ट’ मञ्चन गरेको थियो। ‘पानीघट्ट’ नेपालका आधा दर्जनभन्दा बढी ठाउँमा मञ्चन भइसकेको लम्सालले बताए।
_x000D_
_x000D_
उक्त नाटक नेपालमा प्रदर्शनपछि कलकत्ता लगिएको थियो। कलकत्ताबाट फर्किएपछि नेपालका विभिन्न शहरमा मञ्चन गरिएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराले जानकारी दिए।
_x000D_
_x000D_
निर्देशक लम्सालका अनुसार ‘नौगेडी’ पहिलो पटक बङ्गलादेशमा प्रदर्शन हुन लागेको छ। ‘नौगेडी’ नुवाकोटको प्रसिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेसमा रचिएको नाटक रहेको निर्देशक एवम् लेखक लम्सालले जानकारी दिए। उनका अनुसार नाटकले विद्यमान छुवाछूत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजेको छ।
_x000D_
_x000D_
‘नौगेडी’मा जयराम तिमल्सिना, रीता थापा, आइपी आचार्य, सुशीलसिंह ठकुरी, पवित्रा खड्का, मञ्जु गिरी, अनन्तप्रकाश श्रेष्ठ, विमला अधिकारी देवकोटा, निर्मला खड्का, जेबी डिसी, भीष्म जोशी, केदार बोहोरालगायतले अभिनय गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।