काठमाडौं– फिल्म 'ड्रिम गर्ल'ले नयाँ प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेको छ। मंगलबार राजधानीमा पत्रकार सम्मलेन गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गर्नुका साथै नयाँ २ फिल्मकाे समेत निर्माण घोषणा गरेकाे छ।
_x000D_
_x000D_
आउँदो मंसिर ७ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको फिल्ममा अभिनेता आकाश श्रेष्ठ, विल्सन विक्रम राइ, आस्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ लगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
दुई पटकसम्म प्रदर्शन मिति सारिएको फिल्म यसअघि असोज १९ बाट प्रदर्शनमा आउने तयराीमा थियो। तर, विविध कारणले फिल्मको प्रदर्शन मिति सारिएको र यो नै अन्तिम प्रदर्शन मिति भएको फिल्मका निर्देशक ऋषिराज आचार्यले कार्यक्रममा जानकारी गराए। उनले ट्रेलरसँगै घोषणा गरेका अन्य दुई फिल्म भने ‘चुरीफुरी’ र ‘द्रौपदी’ हुन्।
_x000D_
_x000D_
अरबी मुभिजको ब्यानरमा निर्माण भएको ‘ड्रिम गर्ल’ प्रेम कथामा आधारित फिल्म हो।
_x000D_
_x000D_
'ड्रिम गर्ल'काे ट्रेलर:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।