काठमाडौं– त्रिभुवन आर्मी क्लबका विमला श्रेष्ठ र पुनम रावल विश्व महिला बक्सिङ च्याम्पिनसिप खेल्ने भएका छन्।
_x000D_
_x000D_
आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदैछ। ५१ केजीमुनि विमला तथा ६० केजीमुनि पुनमले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
_x000D_
सातदोबाटोस्थित रिङमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार विमलाले आफ्नै क्लबकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन्। त्यस्तै ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपिएफकी संगीता सुनारको चुनौति ३–२ अंकका आधारमा पन्छाइन् ।
_x000D_
_x000D_
यसबीचमा खेलकुद प्रवद्धन संस्थाका पुस्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगले पुनम र विमलालाई ५–५ हजारले प्रोत्साहन पुरस्कार प्रदान गरेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।