काठमाडौं–मंगलबार काठमाडौँको टोखाबाट ट्रकमा २५ करोड रुपैयाँ लिएर चीनतर्फ जाँदै गरेका कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले सिन्धुपाल्चोक घर भएका लामालाई ना७ख १६५२ सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो।
ट्रकबाट अमेरिकी डलर र युरो रकम बरामद गरिएको प्रहरीको भनाइ छ। आजको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ बरामद भएको हो।
लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ।
उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइँदैछ।
त्यस्तै यसअघि पनि सुन तस्करी मुछिएका व्यक्ति भएको खुलेको छ।
लामा यसअघि पनि सुन तस्करीमा पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहीको भनाइ छ। उनी ७ किलो सुनसहित पक्राउ परेको र सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।