काबुल– अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतंककारी आक्रमणमा परि करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मंगलबार जानकारी दिएको छ।
_x000D_
_x000D_
अफगानिस्तानका ३४ प्रान्तमध्ये २० ओटामा भएको आतंककारी आक्रमणमा ठूलो नागरिक हताहत भएको मानवअधिकारवादी समूह सिपिएजीद्वारा जारी एक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।
_x000D_
_x000D_
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको मुहमद दारा जिल्लामा सेप्टेम्बर ११ मा एक विरोध प्रदर्शनलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा परि कम्तीमा ६८ व्यक्तिको मृत्यु हुनको साथै १ सय ६५ घाइते भएका थिए।
_x000D_
_x000D_
अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गत महिना अफगान र विदेशी सैन्य बलले गरेको हवाई तथा स्थल कारबाहीमा परी करिब १ सय २३ व्यक्ति हताहत भएका थिए। त्यसैगरी आतकंकारी आक्रमणमा परि कम्तीमा १ सय ३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका सिपिएजीले जानकारी दिएको छ।
_x000D_
_x000D_
सिपिएजीले सर्वसाधारण नागरिकको ज्यान जानेगरी रात्री समयमा हुने सुरक्षा कारबाहीलाई रोक्न पनि जारी विज्ञप्तिमा अपिल गरेको छ।
_x000D_
_x000D_
गत अगस्ट महिनामा अफगानिस्तान भरमा भएका आतकंकारी आक्रमणमा २ सय ६२ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५ सय २४ घाइते भएका सिसिएजिद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।