जनकपुरधाम –होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।
छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरे।
उनका अनुसार छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन्। डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।