काठमाडौं– दरबारमार्ग आसपासका होटलमा युवती उपलब्ध गराउने गिरोहका एक जना नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले गए राति युवती उपलब्ध गराउने एक नाइके र ३ जना युवतीलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
पक्राउ परेका तीन जना युवतीले आफूलाई जबरजस्ती होटलमा लगेको दाबी गरेको दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्लले नेपाल लाइभलाई बताए। युवती उपलब्ध गराउने अन्य व्यक्तिको पनि खोजी भएकाले अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए।
_x000D_
_x000D_
होटलमा युवती उपलब्ध गराएवापत उनीहरुले एक रातको ५ हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।